उज्यालोबाट वञ्चित ६८० बालबालिकालाई सौर्य टुकी वितरण



कञ्चनपुर, १ साउन । उज्यालोबाट वञ्चित भई पढ्न नपाउने अवस्थाका कञ्चनपुरका ३६ विद्यालयका ६८० बालबालिकालाई निःशुल्करुपमा सौर्य टुकी वितरण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति, कञ्चनपुरको समन्वयमा शिक्षाका लागि उज्यालो कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा पढ्दै आएका सीमान्तकृत, दलित, आर्थिक विपन्नता भएका बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो ।

“विद्यालयले छनोट गरी पठाएको विवरणका आधारमा सौर्य टुकी वितरण गरेका छौँ” – जिल्ला समन्वय समिति कञ्चनपुरका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत दिनेश लम्सालले भन्नुभयो ।

उहाँका अनुसार बेलौरी नगरपालिका क्षेत्रका छ विद्यालयका १२६, भीमदत्तनगरपालिका तीन विद्यालयका ७८, पुनर्वास नगरपालिका दुई विद्यालयका ८४, महाकाली नगरपालिका दुई विद्यालयका १८१, लालझाडी गाउँपालिका तीन विद्यालयका पाँच, बेदकोट नगरपालिका तीन विद्यालयका ३८, कृष्णपुर नगरपालिका छ विद्यालयका ११८, बेलडाँडी गाउँपालिका तीन विद्यालयका ६९ र शुक्लाफाँटा नगरपालिका दुई विद्यालयका २८ गरी ६८० बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो ।

विद्युत्भार कटौतीको असर शिक्षामा नपरोस् र उज्यालोबाट वञ्चित बालबालिकाले धुँवाबाट मुक्ति पाई पठनपाठनमा सघाउ पु¥याउने उद्देश्यले सौर्य टुकी वितरण गरिएको अधिकृत लम्सालको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्