जताततै ‘अर्थमन्त्री’



 

शहरमा अहिले बजेट भाषण गर्ने ‘अर्थमन्त्री’हरू नगरदेखि गाउँसम्म धरहराले थुप्रै देख्यो। खास गरी हिजो र अस्ति त बाढी नै चल्यो।

आज साउन १ गते भएकाले गाउँदेखि नगरसम्मका पदाधिकारीहरूले धमाधम बजेट भाषण गरेर अर्थमन्त्रीको झल्को दिए।

अझ एमालेले जितेका स्थानमा त सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रमुख अतिथि नै बनाएको पाइयो।

उहाँलाई केही दिनदेखि भ्याइनभ्याइ थियो। बिचरा कांग्रेस, एमाओवादी केन्द्रलगायतकाले प्रमुख अतिथि बन्ने मौका पनि नपाएको देखियो।

यी त भए स्थानीय बजेट भाषणका कुरा। तर, यी योजना र बजेट भाषण भाषणमा मात्रै सीमित नहून् भन्ने जनचासो रहेको पाइन्छ। यसतर्फ हाम्रा जताततैका ‘अर्थमन्त्री’ले ध्यान दिनुपर्छ भन्ने सबैको शुभेच्छा पाइएको छ। हेर्दै जाऔं के गर्नुहुन्छ उहाँहरूले? केही समय त दिनैपर्यो नि होइन पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्