फिल्डस मेडलधारी महिला गणितज्ञको निधन



 

न्युयोर्क, (एजेन्सी)
गणित विषयका लागि विश्वकै सबैभन्दा प्रतिष्ठित पुरुस्कार फिल्डस मेडल जित्न सफल पहिलो महिला मार्याम मिर्जाखानीको ४० वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको अमेरिकी सञ्चार माध्यमले जनाएको छ।

उनलाई लागेको स्तन क्यान्सर हड्डीसम्म फैलिएपछि उनको निधन भएको ेबताइएको छ।‘गणित विषयका लागि नोबेल पुरस्कार ’ नै मानिने फिल्डस मेडल हरेक ४ वर्षमा ४० वर्ष उमेर मुनिका २ देखि ४ जना गणितज्ञलाई प्रदान गरिने गरिएको छ।

इरानी प्राध्यापक मिर्जाखानीलाई गहन ज्यामिती र डाइनाकिल सिस्टममा विषेश खोज रअनुसन्धान गरेवापत सन् २०१४ मा यो पुरस्कार दिइएको थियो। अमेरिकाको राष्ट्रिय हवाइ अन्तरिक्ष निकाय (नासा ) मा कार्यरत उनका वैज्ञानिक मित्र फिरोज नादेरीले इस्टाग्राममा लेखेकी छिन् ,‘आज एउटा दियो निभेको छ। पीडाले मेरो हृदय छियाछिया भएको छ।’ सन् १९७७ मा जन्मेकी प्राध्यापक मिर्जाखानी इरानको ऐतिहासिक क्रान्तिपछि हुर्केकी हुन्। उनले किशोरावस्थामा नै इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा दुईवटा स्वर्ण पदक जित्न सफल भएकी थिइन्।

उनले सन् २००४ मा बेलायतको चर्चित हर्वार्ड विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेपछि स्ट्यान्फोर्डमा प्राध्यापन थालेकी थिइन्। सन् १९३६ मा स्थापित फिल्डस मेडल कहिले कुनै महिलाले जित्लिन् भन्ने लामो समयको कौतुहलतालाई उनले ३ वर्षअघि समाप्त गरिदिएकी थिइन्। साथै मिर्जाखानी उक्त पदक जित्ने पहिलो इरानी पनि हुन्।

अक्सफोर्ड विश्वविद्यालयका उक्त मेडल छनौट समितिका सदस्य प्राध्यापक फ्रान्सेस किर्वानले उनले सो पदक जित्दा यसरी प्रतिक्रिया दिएका थिए , ‘मलाई आशा छ, यस पुरस्कारले बेलायतलगायत अन्य राष्ट्रका थुपै्र युवा महिलाहरूलाई अझै बढि प्रेरित गरुन्। तिनीहरूलाई आफ्नो क्षमतामा विश्वास पैदा गरी भविष्यमा फिल्म मेडलिस्ट बन्ने प्रेरणा पनि मिलोस्।’

प्रतिक्रिया दिनुहोस्