यसरी टुट्यो दीपिका र सिद्धार्थको प्रेम



 

बलिउड नायिका दीपिका पादुकोणले बलिउडमा पाइला राखेसँगै उनी केही हिरोहरूसँग रिलेसनमा पर्दै आएकी छिन्। जसको लिस्टमा निहार पान्ड्यादेखि युवराज सिंहसमेतको नाम सामेल छन्।

दीपिकाको यिनै ब्वाइफ्रेन्डहरूमा सिद्धार्थ माल्या पनि एक थिए। बिजनेस टाइकुन विजय माल्याको छोरा सिद्धार्थ तथा दीपिका करिब २ वर्षसम्म रिलेसनमा थिए। सन् २०११ मा आईपीएलको दौरानमा सिद्धार्थ दीपिकाको साथ देखिन्थे। दुवैबीचको प्रेम त्यो बेला पोखियो, जब आईपीएल म्याचका दौरान सिद्धार्थले सबैका सामु दीपिकालाई लिपलक गरिदिए। उनीहरूको यो प्रेम क्यामेरामा कैद भयो। सिद्धार्थका पिता वियजले समेत यो सब देखे।

दीपिका र सिद्धार्थको यो लिपलकले बलिउडमा खलबली मच्चाइदियो। त्यसपछि त यो जोडीलाई सायद झनै सजिलो भयो। उनीहरू हरेक क्रिकेट म्याचमा सँगै देखिन थाले र खुलेर घुमघाम गर्न थाले। उनीहरू सोसल मिडियामा पनि जमेर फोटो पोस्ट गर्थे। उनीहरू दुवैले मिडियाको सामु पनि आफूहरूबीचको प्रेम सम्बन्ध स्वीकारेका थिए। तर एक दिन अचानक दीपिका र सिद्धार्थबीच ब्रेकअपको खबर आयो। हर कोही मानिसहरू उनीहरूको ब्रेक अपको कुरा सुनेर छक्क परे।
एक भारतीय दैनिकसँगको अन्तरवार्तामा दीपिकाले आफ्नो ब्रेकअपको बारेमा केही कुराहरू शेयर गरेकी छिन्। जुन मानिसहरूलाई छक्क पार्ने खालको छ।

दीपिकाले सो दैनिकलाई बताएअनुसार सिद्धार्थ र उनीबीच क्लास र स्ट्याटसको कारण सम्बन्धमा समस्या आएको थियो। उक्त समय दीपिका उदयीमान नायिका थिइन् भने सिद्धार्थका पिता विजय लोन डिफल्टर भएकाले फसेका थिए। मिडिया रिपोर्टका अनुसार एकपटक सिद्धार्थ दीपिकासँग बेङ्लोरस्थित ताज होटलमा गएका थिए। उनले त्यहाँको सारा बिल दीपिकालाई तिर्न भनेका थिए।

प्रतिक्रिया दिनुहोस्