हलिउडको भन्न लाज लाग्छ थेरोनलाई



विश्वमा सबैभन्दा ठूलो र सफल मानिन्छ, हलिउड फिल्म उद्योग। ठूलो बजार र पर्याप्त लगानीका कारण पनि जो कोही कलाकार हलिउड फिल्म उद्योगको हिस्सा बन्न चाहन्छन्।

तर यो कुरा सबैमाथि लागू हुँदोरहेनछ। हलिउड नायिका चार्लिज थेरोनले हलिउड फिल्म उद्योगको तीतो यथार्थ सार्वजनिक गर्दै आफूलाई हलिउडकर्मी भन्नसमेत लाज लाग्ने गरेको बताएकी छिन्। उनका अनुसार, महिलाहरु हलिउड उद्योगमा उत्तिकै पछाडि छन्, जति उनीहरु अरु उद्योगमा छ भन्ने गर्दछन्।

४१ वर्षीया अभिनेत्रीले हलिउडमा महिलाहरुलाई पुरुषभन्दा तल्लो स्तरमा राखेर एकदम न्यून बजेटमा फिल्म खेलाइनु लाजमर्दाे पक्ष भएको बताएकी हुन्।

‘म पनि त्यही हलिउड फिल्म उद्योगकी अभिनेत्री हुँ, जहाँ महिलाहरुलाई प्राथमिकतामा राखिन्न र सँधै पुरुष कलाकार भन्दा तल्लो श्रेणीमा राख्ने गरिन्छ’ थेरोनले भनेकी छिन् ‘हलिउड फिल्ममा महिला कलाकार हुनु भनेको गुफाभित्रको बासजस्तै हो। जहाँ हरकोहीलाई चाहेर पनि गुफाबाहिर आउने अधिकार हुँदैन।’

यद्दपि १ सय ४९ मिलियन अमेरिकी डलरमा निर्माण भएको महिलाप्रधान फिल्म वन्डर ओमन (२०१७) ले भने त्यो धारणा परिवर्तन हुनेमा आफू विश्वस्त रहेको थेरोनले बताएकी छिन्। वन्डर ओमनले बक्स अफिसमा ७ सय २४.९ मिलियन अमेरिकी डलर कमाइ गरेको थियो।

द डेभिल्स एड्भोकेट (१९९७), मनस्टर (२००३), द इटालियन जब (२००३), ह्यान्कक (२००८), द फेट अफ द फिउरिएस (२०१७) जस्ता फिल्ममा अभिनय गरेकी थेरोन अगस्ट २८ मा अटोमेटिक बोल्डमा देखिँदै छिन्।

 

प्रतिक्रिया दिनुहोस्