माइतीको आँगनमा जुनु



गायिका जुनु गौतमले म्युजिक भिडियोसहित माइतीको आँगनमा बोलको तीजगीत सार्वजनिक गरेकी छिन्। यसको म्युजिक भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन्।

सारिकासँगै गायिका जुनु गौतमले पनि अभिनय गरेको म्युजि भिडियोमा कमल राईले कोरियोग्राफी गरेका हुन्। शिव ढकालको छायांकन र तारा थापाको सम्पादन रहेको भिडियोलाई विनोद विष्टले निर्देशन गरेका छन्।

गीतमा गोविन्दप्रसाद उपाध्यायको शब्द सृजना रहेको छ भने अनिश श्रेष्ठको संगीत रहेको छ। गायिका गौतमको केही समयअघि अर्को जन्म होला नहोला गीति एल्बम सार्वजनिक भएको थियो।

‘मेरो तीज गीत पहिलो हो। यसको म्युजिक भिडियोमा हामी सबैले निक्कै मिहिनेत गरेका छौँ नायिका सारिका घिमिरे यसको म्युजिक भिडियोको सम्बन्धमा भन्छिन्– ‘एउटा राम्रो तीज गीत बनेको छ। यसले दर्शकस्रोताको साथ पाउनेमा आशावादी छौँ।’

प्रतिक्रिया दिनुहोस्