चिलिच विम्बल्डन फाइनलमा



लन्डन, (एजेन्सी)
क्रोएसियाका मारिन चिलिच लन्डनमा जारी विम्बल्डन टेनिसअन्तर्गत मेन्स सिंगल्सको फाइनलमा पुगेका छन्।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा चिलिचले अमेरिकाका साम क्वेरीलाई चार सेटमा पराजित गरेका हुन्। चिलिचले पहिलो सेट हारे पनि त्यसपछि लगातार तीन सेट जितेर क्वेरीविरुद्ध हारको सम्भावनासमेत टारे। उनी क्वेरीसँग अहिलेसम्म हारेका छैनन्।

चिलिचले २ घण्टा ५६ मिनेट चलेको उक्त खेल ६–७, ६–४, ७–६, ७–५ सेटले जितेका थिए। यस्तै सन् २००१ मा गोरान इभानोभिच विम्बल्डन फाइनल पुगे यता चिलिच सो स्थानमा पुग्ने पहिलो क्रोएसियन खेलाडी बनेका छन्। गोरान त्यति बेला विजेता बनेका थिए। यसै गरी चिलिच ११औं पटकको प्रयासमा विम्बल्डन फाइनल पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्