बामदेवकै कारण प्यूठानमा एमालेलाई नोक्सान



प्युठान,प्युठान, (नेस)।

नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष बामदेव गौतमको पुरानो गृहनगर प्यूठान नगरपालिकामा पराजय व्यहोर्दै जिल्लामा एमालेले स्थानीय तहमा निराशाजनक चुनावी परिणाम हात पारेको छ ।

जिल्लाको राजनीतिमा ‘बामदेवकै इशारा चल्छ’ भन्ने धेरैमा भ्रम छ । भर्खरै सम्पन्न निर्वाचनको परिणामपछि .बामदेव पक्षधरका जिल्ला नेताहरुको कार्यक्षमता र कार्यशैली माथी नै धेरैले प्रश्न तेर्साउन थालेका छन् ।

प्यूठानमा २ नगरपालिका सहित ९ स्थानीय तह छन । जसमध्ये एमालेले ३ स्थानीय तहमात्र जितेको छ । यद्यपी २४ वटा वार्ड र ४ उपप्रमुख जित्दै यसपाली पनि एमाले जिल्लाको पहिलो शतिबन्नबाट पछि परेन । तर, एमालेलाई यो परिणाम सन्तोषजनक भने होइन ।

चुनावको मुखैमा आउँदासम्म पार्टीको जिल्ला नेतृत्व तालमेलको डौडधुपमा लाग्दा एमालेले सोँचे अनुसार नतिजा हाता पार्न नसकेको नेता कार्यकर्ताहरु बताउँछन् ।

पार्टीको जिल्ला नेतृत्वले उम्मेदवार छनौट गर्दा संस्थागत निर्णय, जिल्ला स्तरीय भेला, योजनावद्ध चुनावी रणनीति लगाएत कुरामा ध्यान नदिँदा पार्टीले सोँचे अनुसार नतिजा हाता पार्न नसकेको हो ।

पार्टीको बलियो पकड भनिएका क्षेत्रमा समेत उसले हार व्यहोरेको छ । विगतका निर्वाचनमा एमालेले जित्दै आएका ‘गढ’ ‘गर्लयाम्गुर्लुम’ ढलेका छन् ।

एमाले प्यूठानका लागि अर्को दुःखद पक्ष उत्तरी प्यूठानमा पकड भनिएका स्थानीय तहमा काग्रेसले चारतारे झण्डा फहरायो । सधैँभरी एमालेले जित्दैँ आएको नौवहिनी, गौमुखी गाउँपालिकामा कांग्रेसले विजयी हासिल गरेको छ । एमालेकै राम्रोक्षेत्र मानिने ऐरावतीमा समेत गरी काग्रेसले जिल्लाका ३ स्थानीय तहमा विजयी हासिल गरेको हो ।

२०७० सालको संविधानसभा निर्वाचनमा चौथो शक्तिको रुपमा रहेको काग्रेसले यसपाली राष्टिय जनमोर्चा र माओबादी केन्द्रलाई उछन्दै दोश्रो शतिमा आफ्नो पहिचान बनाएको छ । आगामी प्रदेश र केन्द्रिय तहको निर्वाचनमा समेत काग्रेस र एमाले बिचनै कडा टक्कर हुने धेरैले आँकलन गरेका छन् ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसनध्यामा प्यूठान क्षेत्र नम्वर १ का सांसद् समेत रहेका बामदेव गौतम जिल्लाका जुन जुन स्थानमा सम्वोधनका लागि पुगे त्यहिँ नै एमालेले हार व्यहोर्नुप¥यो ।

बामदेव पुगेका नौबहिनी गाउँपालिकाको पुरै नेतृत्व र प्यूठान नगरपालिकामा प्रमुख पद गुमाउनु परेको छ ।

यसले गर्दा समेत बामदेवको जनाआधार जिल्लामा गुम्दै गएको धेरैले विश्लेषण गर्न थालेका छन् । जिल्लावासीले गौतमलाई ‘गफ मात्र गर्ने’ नेताको रुपमा समेत संज्ञा दिन थालेका छन् ।

दोस्रो संविधानसभा निर्वाचनमा प्यूठान क्षेत्र नम्वर १ बाट प्रत्यक्ष चुनाव जितेका सांसद्, पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका गौतमकै गृहस्थल प्यूठान नगरपालिकामा माओवादी केन्द्रले चुनाव जितेपछि गौतमप्रति धेरैले विश्वास गर्न छाडेका छन् । केन्द्रिय राजनीतिमा प्रभाव पार्नसक्ने नेताको रुपमा धेरैले हेर्ने गरेपनि उनकै ठाउँमा एमालेले हार व्यहोर्नु उनीप्रतिको विश्वास गुम्दै जानु स्पष्ट रुपमा देख्न सकिन्छ ।

एमाले जिल्ला अध्यक्ष समेत रहेका तुल्सीराम शर्मा माओबादी केन्द्रका नेता अर्जुन कुमार कक्षपतीसंग पराजीत भएका छन् । उपमेयरमा भने एमालेकै नेतृ शान्ता आचार्य विजयी भएकी छिन् ।

विना तालमेल एउटै चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकामध्ये उपमेयरमा जित्नु र मेयरमा अध्यक्षले नै लज्जास्पद हार्नु पार्टीको जिल्ला नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्नु भन्ने विश्लेषण गर्न सकिन्छ ।

क्षेत्र नम्वर २ मा का कुनै पनि स्थानीय तहमा एमालेले मुख्य पदमा जित्न सकेन । तर, केहि वडामा जितेर उस्ले आफनो साख भने बचाएको छ । एमालेले जितेको सवै स्थानीय तह क्षेत्र नम्वर १ मा पर्छन् ।

उता व्यावस्थापिका संसद् धन बहादुर रायमाझीको गृहस्थल सरुमारानी १ मा काग्रेसले जितेर नयाँ इतिहास रच्यो ।

बामदेवका आश्वासनको असर

प्यूठान क्षेत्र नम्बर १ बाट चुनाव जितेर पार्टीको केन्द्रिय उपाअध्यक्ष समेत रहेका गौतम उपप्रधान एवं गृहमन्त्री समेत भए ।

संविधानसभा निर्वाचनका समयमा उनले आमनागरीक सामु गरेका प्रतिवद्धता पूरा गर्नतर्फ ध्यान नदिँदा एमालेले जिल्लामा क्षती व्यहोर्नु परेको एमाले समर्थक कार्यकर्ताको बुझाई छ ।

गौतमले मतदातालाई प्रभावित पार्ने गरि दिएका विकास निर्माणका प्रलोभन पुरा नहुँदा अहिले उक्त आश्वासन ‘गलपासो’ सावित हुन पुगेको छ । बामदेवले चुनाव जित्न सार्वजनिक गरेका ३४ बुँदे सार्वजनिक प्रतिबद्धतापत्र बारे जिल्ला पार्टीभित्र र राजनीतिक वृतमा समेत ‘खोक्रा आश्वासन’ भनेर खिल्ली उडाउने गरिएको छ । गौतमले सार्वजनिक गरेका प्रतिवद्धता पुरा नगर्दा बिरोधीले यसैलाइ चुनाव जित्ने आधारपत्रका रुपमा नागरिकको घरदैलोमा पुर्याएका थिए ।

संविधानसभा निर्वाचनमा बामदेवका स्वकीय सचिव दाखाक्वाडी प्यूठान निवासी बिजय बिराज बिष्टले प्रहरी बनाइदिने भन्दै जिल्लाका कैयाँै युवाहरुको ‘छाती नाप्दै’ हिडेका थिए ।

विष्टले यूवाहरुलाई प्रलोभन बाढ्दै हिडेपछि यसको असर यसपालीको निर्वाचनमा समेत पर्न गयो । दक्षिणी प्यूठानमा यसको असर प्रत्यक्ष रुपमा देखियो । यस क्षेत्रका दुई सय बढि एमाले कार्यकर्ताले यसैका कारण पार्टी परित्याग गरेका छन् । बामदेव गौतम प्यूठान छिरेपछि जिल्ला पार्टीमा खैलाबैला मच्चिँदै आएको स्रोतले जनाएको छ ।

योजना बिनानै चुनावमा

चुनावमा कार्यकर्ता परिचालनका लागि एमालेले ठोस योजना बनाएर अघि बढ्न नसक्नु नै उसका लागि पछुतोको विषय बनेको छ ।

चुनावको मुखसम्म पनि तालमेलमै अल्झिदा पार्टीलाई धेरै क्षति पुगेको धेरैको टिप्पणी छ । स्थानीय तहको निर्वाचनमा जिल्लाभित्र चुनावीसभा आयोजना गर्ने र केन्द्रिय नेताले भाषण गर्ने बाहेक अन्य कार्यक्रम जिल्ला नेतृत्वले दिन सकेन ।

स्पष्ट योजना र कार्यक्रम नहुँदा आम कार्यकर्ता परिचालित गर्न एमालेले सकेन जसको प्रभाव नतिजामा देखिन पुग्यो । चुनावमा उम्मेद्धवार चयनदेखि जिल्लाको नेतृत्व चयनमा समेत बामदेवको ठाडो हस्तक्षेप हुने गरेको धेरैले टिप्पणी गर्न थालेका छन् ।

‘राम्रालाई भन्दा हाम्रालाई’ उम्मेद्धवार बनाउँदा स्थानीय चुनाव एमालेका लागि प्रतिकुल बन्न नसकेको एमालेकै नेताहरुको प्रतिक्रिया दिन थालेका छन् ।

एमाले नेता गौतमलाई कुरा लगाएर आफ्नो जिविका धान्नेहरुले पार्टीलाई क्षति पु¥याएको धेरैले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्