चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा



काठमाडौ (नेस) ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्चमा आज हेर्दाहेर्दैमा टुङ्गिएको छ।

शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

सर्वोच्चले बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।

सोहि अनुसार आज सर्वोच्च अदालतमा उनलाई पेश गरिएकोमा न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले हेर्दाहेर्दैमा राखेको हो। अब यो रिटमा आइतबार सुनुवाई जारी रहने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्