जोशीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने



काठमाडौ (नेस) ।
गएराती निधन भएका कांग्रेस नेता रामहरि जोशीको निधनमा कांग्रसले तीन दिन शोक भनाउने भएको छ । शोमा एक दिन कार्यालय बन्द गर्ने कांग्रेसले निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षमा शुक्रबार बसेको कांग्रेसको आकस्मिक बैठकले नेता जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै असार ३०, ३१ र साउन १ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

साथै साउन १ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने निर्णय पनि भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र २००७ सालको ऐतिहासिक जनक्रान्तिमा अग्रणी भूमिका निर्वाह गरेका जोशीको शुक्रबार साँझ निधन भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको आकस्मिक बैठकले जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गरेको छ ।

जोशीप्रति अन्तिम श्रद्धाञ्जली दिन उनको पार्थिव शरिरलाई कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्