परपुरुषलाई विश्वास गर्दा यता न उताको भईन सपना तामाङ



नेपाल समाचारपत्र,काभ्रे ।
मजदुरी गर्न विदेश गएको श्रीमानलाई छोडेर परपुरुषको विश्वासमा हिडेकीसपना तामाङ अहिले यता न उताको भएकी छन् ।

सिन्धुपाल्चोक माङखा घर भएकी सपनाको श्रीमान रोजगारीको लागि विदेश गएको वेला भक्तपुर घर भएका लक्ष्मी वैजू संग विगत तीन वर्ष देखि सम्बन्ध बढाएकि थिईन् । अहिले वैजुले पनि छोडिदिएपछि उनी प्रहरीको शरणमा पुगेकी छन् ।

सात/आठ वर्ष अघि श्रीमान विदेश गएपछि एक छोरा र एक छोरीको साथ भक्तपुरको चुनादेवीमा बस्दै आएकी ३२ वर्षिय सपनाले हाल सुर्यविनायक गणेश मन्दिर नजिकै बस्ने ४६ वर्षिय लक्ष्मी वैजू संग तीन वर्ष अघि देखि सम्बन्ध बढाएकी थिईन् ।

श्रीमानले पठाएको ५ लाख रुपैया समेत आफुले उसलाई दिएको बताउने सपनाले तीनवर्ष सम्म श्रीमतिको रुपमा व्यवहार गरेको पनि बताइन् ।

गत वैशाखमा विदेशबाट श्रीमान आएपछि परपुरुषसंग लागेको भनेर आफुलाई छोडिदिएको र छोराछोरी पनि श्रीमानको दिदीहरुले लिएर गएको भन्दै उनले वैजूको ललाईफकाईमा पर्दा दुख पाएको बताइन् ।

दुई तीन वर्ष श्रीमतिको रुपमा राखे पनि अहिले छोडिदिएको र आफुले दिएको पैशा नदिएपछि भक्तपुर प्रहरीमा उजुरी हालेको सपनाले बताएकी छन् ।

अहिले धुलिखेलको सेफ हाउसमा रहेकी सपनाले पैशा माग्दा कहिले कहा कहिले कहा जाउ भनेर टार्ने गरेका छन् ।

लेनदेन सम्बन्धी कागज गरेका र चेक समेत दिएका वैजूले भने सपनालाई आफुले केहि नगरेको भन्दै प्रहरीलाई भनिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्