वन रक्षक हत्याका अभियुक्तलाई सर्वस्व सहित जन्मकैद



रविन भट्टराई,ताप्लेजुङ ।

ताप्लेजुङमा कार्यसम्पादनकै क्रममा हत्या गरिएका वन रक्षक गणेश शाहीको हत्याका अभियुक्तलाई जिल्ला अदालत ताप्लेजुङले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ ।

मिक्वाखोला गाउँपालिका निवासी टेकबहादुर लिम्बुलाई जिल्ला न्यायाधिस असोक कुमार बस्नेतको इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई ८ महिना कैद तथा प्रमाण नष्ट गर्न भुमिका खेलेका देउकला लिम्बु, रामबहादुर लिम्बु र रिया भन्ने सोनिसा लिम्बुलाई जनहि २० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

गत पौष १७ गते इलाका वन कार्यलय खोक्लिङमा कार्यरत वन रक्षक शाहीको घाँटि रेटि हत्या भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्