साल्ट ट्रेडिङले लाभांश दिने



 

नेपाल समाचारपत्र
काठमाडौं
साल्ट टे«डिङ कर्पोरेसनको ५०औं वार्षिक साधारणसभाले आर्थिक वषै २०७२⁄७३ को नाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु हँुंदै कर्पोरेसनले गुणस्तरीय वस्तुको कारोबार गरी आम उपभोक्तालाई गुणस्तरयुक्त खाद्य वस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति गरी सेवा पुर्याउँदै आएको अवगत गराउनुभयो र नाकाबन्दी तथा तराई आन्दोलनका बाबजुद पनि ६ अर्ब ८३ करोडको कारोबार गर्न सफल भएको जानकारी गराउनुभयो।

अध्यक्ष मानन्धरले उक्त आवको कारोबारबाट कुल मुनाफा ६१ करोड २४ लाख आर्जन गर्न सकेको बताउनुभयो। अघिल्लो वर्ष २०७१⁄७२ मा उक्त मुनाफा ५६ करोड ९ लाख थियो। अन्तर्राष्ट्रिय एवं आन्तरिक बजारमा देखिएको उतारचढावका बीच कर्पोरेसनले चालू आवको ११ महिनासम्म ७ अर्ब ५६ करोड ४८ लाखको कारोबार गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ५ अर्ब ६९ करोड ४४ लाखको कारोबार गरेको थियो। सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालू आवको कुल रकमको कर्पोरेसनलाई प्राप्त हुने ३० प्रतिशन रकमबाट युरिया ५० हजार मेट्रिक टन, डीएपी ३० हजार मेट्रिक टन र २५ सय मेट्रिक टन पोटासमध्येको अधिकांश परिमाण आयात भई सकेको जानकारी गराउँदै वर्षेनी हुने गरेको मलको अभावलाई विगत वर्षदेखि नै कर्पोरेसनले सन्तोषजनक रूपमा व्यवस्थापन गरिरहेको साधारण सभामा जानकारी दिइयो।

अनुदान रकमबाट आयात गरिएको रासायनिक मलको परिमाण नेपालको कृषि बजारको आवश्यकताभन्दा कम रहेकाले खेती गर्ने मुख्य सिजनमा मलको अभाव हुन नदिन कर्पोरेसनको आफ्नै पहलमा कृषि विकास मन्त्रालयको सिफरिस एवमु स्वीकृति लिई अनुदान बिनाको अमोनियम सल्फेट (नाइट्रोजन २१ प्रतिशत र सल्फर २४ प्रतिशत) र सिंगल सुपर फस्फेट (फस्फोरस १६ प्रतिशत) मगाएर बिक्री वितरण शुरू गरेको छ।

उक्त मलले धान, गहँु, मकै, आलु, उखुलगायत तेलवाली र दलहनलाई बढी उपयुक्त हुनेछ। सरकारको निर्देशनमा मूल्य नियन्त्रणको लागि भारतबाट ५० हजार मेट्रिक टन चिनी आयात गरी बिक्री वितरणको व्यवस्था मिलाएको कर्पोरेसनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्