कुर्सीप्रधान र प्लाष्टिकको चामल



 

नेपाललाई कृषिप्रधान देश भनिन्छ। त्यसैले यहाँ धानको चामल प्रयोग भइरहेकोमा हुँदै आएकोमा अब भने प्लाष्टिकका चामल पनि फेला पर्न थालेका छन्। प्लाष्टिकका चामल बेच्ने १ जनालाई केही दिन अघि प्रहरीले समातिपनि सकेको छ। मुलुक कृषिप्रधानबाट कुर्सीप्रधान भएकोले हो कि के हो धानको चामलको सट्टा प्लाष्टिकको चामल पो आउन थालेको छ।

सबैलाई नेता बन्नुपर्ने, सबैलाई कुर्सी चाहिने अनि कहाँबाट धानको चामल पाइनु होइन पाठकबृन्द ? अझ प्लाष्टिकको चिनीको पनि चर्चा भइरहेको छ। यस्ता सामान बिक्री हुन थाले भने नेपाली जनताको स्वास्थ्य के हुने होला ?कुर्सीप्रधान मान्नेहरूले जवाफ दिने बेला भयो है अब। कृषकलाई मल,बीऊ बिजन अनि सिंचाईको राम्रो व्यवस्था गरे पो सबैले धानको चामल पाउने हो। समाजका अगुवा जति सबै राजनीति तिर लागेपछि त प्लाष्टिकको चामलकै भर पर्नुपर्ने त होला नि अब। होइन त पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्