सुशीलाले संगीतमा ल्याइन् सप्तरंगी



 

नवगायिका सुशीला पाठकको डेब्यु गीति अडियो एल्बम सप्तरंगीको राजधानीमा आयोजित कार्यक्रमका बीच विमोचन गरिएको छ ।

भानु जयन्तीको अवसर पारेर उनका एल्बमको विमोचन गरिएको हो। कार्यक्रममा सप्तरंगीको सातै रंगको प्रतिनिधित्व गर्ने हेतुले सात जना अतिथिबाट एल्बमको विमोचन गरिएको थियो।

कार्यक्रममा संगीतकार शीला बहादुर मोक्तान, गायिकाहरु मीरा राणा, कुन्ती मोक्तान, सुक्मित गुरुङ, हास्य कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा, पत्रकार शान्तिप्रिय र सञ्चारकर्मी लव कार्कीले उनको एल्बम विमोचन गरेका थिए। ५ गीत संगृहित एल्बममा विष्णु गुरुङको शब्द तथा शिलाबहादुर मोक्तानको संगीतमा हलक्क ज्यान बढ्यो रे, विष्णु गुरुङकै शब्द तथा मनोजराज सिवाकोटीको संगीतमा मेरो दिलको राजा पाएँ, शान्तिप्रियको शब्द तथा दीपक शर्माको संगीतमा नबनेको काम बन्छ यही, सन्तोष पोखरेलको शब्द तथा करनराज कार्कीको संगीतमा के–के भयो उनलाई देखी तथा विशाल पौडेलको शब्द र संगीतमा बाह्रमासे फूल हो कि बोलका गीत छन्।

कार्यक्रममा हलक्क ज्यान बढ्यो रे बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो भने नवगायिका पाठकले नबनेको काम बन्छ यही गीत गाएर सुनाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्