वरुण र ज्याकलिन भाइरल



 

वरुण धावन र ज्याकलिन फर्नान्डेजको चुम्बन दृश्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ। उक्त भिडियोमा वरुण र ज्याकलिनलाई सडक किनारमा चुम्बन गरिरहेको अवस्थामा देखिएको छ।

खासमा कुरा के हो भने फिल्म जुडवा–२ को सुटिङको क्रममा उक्त चुम्बन दृश्यको भिडियो भाइरल भएको हो। सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा लिक भएपछि त्यो भिडियोले बलिउडमा अहिले व्यापक चर्चा पाइरहेको छ। यो दृश्यबाटै फिल्म रोमान्स र ड्रामाले भरिएको प्याकेज हो भनेर अनुमान लगाउन सकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो फिल्ममा वरुण र ज्याकलिनको अलावा तपसी पन्नुलाई पनि देख्न सकिन्छ। वरुणका पिता डेविड धावनले निर्देशन गरेको फिल्म जुडवा–२, सलमान खान अभिनित जुडवाको सिक्वेल हो। जसमा वरुणलाई दोहोरो भूमिकामा देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्