रहेनन् रामहरि



 

काठमाडौं, (नेस)
नेपाली कांग्रेसका संस्थापक नेता रामहरि जोशीको बिहीबार साँझ निधन भएको छ।

जोशीको ९३ वर्षको उमेरमा उपचारका क्रममा ग्रान्डी अस्पतालमा निधन भएको परिवारिक स्रोतले बताएको छ।

स्थापनाकालदेखि नै कांग्रेसमा सक्रिय रहनुभएका जोशी विगत लामो समयदेखि स्वासप्रस्वासको समस्याबाट ग्रसित हुनुहुन्थ्यो। गत असार ७ गते स्वासप्रस्वासमा समस्या देखिएपछि जावलाखेलस्थित अल्का अस्पतालमा उहाँलाई भर्ना गरिएको थियो। अल्काबाट जोशीलाई ग्रान्डी रिफर गरिएको थियो।

राजनीतिमा सक्रिय हुनुअघि सर्लाहीस्थित एक विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यरत रहेका जोशीलाई गान्धीवादी नेताका रूपमा लिइने गरिन्थ्यो।
उहाँ सर्लाही क्षेत्र नम्बर ३ बाट २०४८ र २०५१ सालको निर्वाचनमा निर्वाचित भएर शिक्षा र पर्यटनमन्त्रीसमेत हुनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्