पुरुषको लिङ्गको आकार कत्रो हुनु पर्छ ?



अधिकाँश पुरुषलाई आफ्नो लिङ्गको आकारबारे सँधै चिन्ता रहन्छ । पुरुषलाई लाग्छ कि सेक्सको आनन्द लिङ्गको आकारमा भर पर्छ । ठूलो लिङ्ग हुनेले बढी सन्तुष्टी दिन सक्छन् भन्ने सोंचाइ अधिकाँश पुरुषमा हुन्छ ।

तर हालै द हेल्थ नामक साइटमा प्रकाशित एक लिङ्गको आकार बारेको सामग्रीले यस्ता सोंचाइलाई पुरै धज्जी उडाएको छ ।

उत्तेजनापछिको आकार

उक्त पत्रिकामा प्रकाशित सामग्रीका अनुसार कुनै पनि पुरुषको लिङ्गको आकार सामान्य अवस्थामा भन्दा पनि उत्तेजित भएपछिको अवस्थामा कत्रो हुन्छ भन्ने कुरा सबै भन्दा महत्वपूर्ण रहेको उल्लेख छ । उत्तेजनापछि अधिकाँश पुरुषको लिङ्गको आकार ५ दशमलव १ देखि ५ दशमलव ९ इन्च हुने उल्लेख रहेको उक्त सामग्रीमा उत्तेजना नभएको अवस्थामा सामान्यतया ३ इन्च रहने लिङ्ग सामान्य रहेको उल्लेख छ । उत्तेजनापछि पनि ३ इन्चको आसपास भएको लिङ्गलाई मात्र सानो आकारको भन्न सकिन्छ ।

लिङ्गको आकार शरीरको आकार सँग सम्बन्धित हुँदैन

कुनै पनि पुरुषको शरीर सर्लक्क परेको भएपनि त्यसको सम्बन्ध लिङ्गको आकारसँग भने नहुने उक्त पत्रिकामा उल्लेख छ । कतिपय ब्यक्तिले उचाइ र औंलाको आकारसँग लिङ्गको आकार सम्बन्धित हुने भ्रम पालेका हुन्छन् तर त्यस्तो कुरा सत्य नभएको पत्रिकामा उल्लेख छ । अश्लिल चलचित्र हेर्ने ब्यक्तिमा यस्तो भ्रम बढी हुने गर्छ ।

छोटो लिङ्ग र उत्तेजित नहुने समस्या

अधिकाँश पुरुष जो आफ्नो लिङ्ग सानो भएको ठान्छन् उनीहरु खासमा पूर्ण उत्तेजना नहुने समस्याबाट गुज्रिरहेका हुन्छन् । लिङ्ग पूर्णरुपमा उत्तेजित नहुनु र सानो हुनु फरक फरक कुरा हुन् ।

भ्रम मात्र

लिङ्ग सानो देखिने एक प्रमुख कारण अधिकाँश पुरुष आफ्नो लिङ्गलाई माथिबाट मात्र हेर्छन् । आफ्नो पेटका कारणले समेत कतिपयलाई लिङ्ग सानो लाग्छ । लिङ्गको वास्विक आकार तस्विर वा ऐनामा हेर्दा थाहा हुन्छ ।

महिलालाई लिङ्गको आकारले फरक पर्दैन

अधिकाँश पुरुषलाई लाग्छ ठूलो आकारको लिङ्गले महिललाई बढी सन्तुष्टी दिन्छ । तर खासमा महिलालाई लिङ्गको आकारले कुनै फरक पार्दैन । महिलालाई आकार भन्दा बढी त्यसको मोटाइ र गोलाइसँग बढी चासो हुन्छ ।
तपाइँलाई अचम्म लाग्न सक्छ जव महिला उत्तेजित हुन्छन् योनीको आकार ४ इन्चबाट बढेर १० इन्च हुन्छ । यस्तो बेला उनीहरुलाई लामो भन्दा छोंटो तर मोटो लिङ्गले बढी आनन्द दिन्छ । महिलाहरुलाई पाक क्रिडामा यौनको समयमा भन्दा बढी आनन्द हुन्छ ।

लिङ्गको आकार बढाउन सकिँदैन

कतिपय पुरुषलाई लिङ्गको आकार बढाउन सकिने भ्रम पनि हुन्छ । तर यस्तो कुनै विधी छैन जसको आधारमा लिङ्गको आकार बढाउन सकियोस् । सर्जरीबाट लिङ्गको आकार बढाउने प्रयास पनि अनावश्यक तनावको विषय मात्र हो ।

प्रतिक्रिया दिनुहोस्