नवजात शिशु जोगाउन क्षेत्रीय अस्पतालमा एकीकृत कार्यक्रम



प्रकाश पन्त, बीरेन्द्रनगर ।
उच्च वाल मृत्युदर घटाउने उद्देश्यले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम संचालन भएको छ ।

५ वर्ष मुनी वालवालिकालाई बचाउनको लागि नेपालमै पहिलो पटक क्षेत्रीय अस्पतालमा यो कार्यक्रम संचालन भएको हो ।

 

कार्यक्रम अन्तर्गत नवजात बच्चालाई के के रोगहरु लाग्छन, उनीहरुलाई कसरी उपचार गर्ने, आफुले उपचार गर्न नसके कतिवेला रिफर गर्ने जस्ता कुराहरुको ज्ञानस्वास्थ्यकर्मीलाई दिइन्छ ।

 

समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रमको लागि मध्यपश्चिम क्षेत्रीय अस्पतालमा तालिम केन्द पनि स्थापन गरिएको छ ।
केन्द्रले प्रशिक्षक र प्रशिक्षार्थी गरी अहिलेसम्म सय जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको तालिम केन्द्रका प्रमुख वालरोग विशेषज्ञ डा. नवराज केसीले जानकारी दिनुभयो ।

 

जनशक्ति विकास गरेको, वालरोग वार्ड निर्माण गरेको, अस्पतालमा एनआइसीयू सेवा सुरु गरिएको र वाल उपचारको सेवालाई वृद्धि गरिएको समेत पनि बताउनु भयो ।

 

५ वर्षमुनीका वालवालिकाहरुलाई झाडापखाला, निमोनिया, कुपोषण, मलेरिया लगायतका रोगहरु बढी लाग्ने भएकोले यिनै रोगहरुलाई फोकस गरी स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने गरिएको डा. केसीले बताउनु भयो ।

 

तलिमवाट वालवालिकालाई कसरी उपचार गर्ने भन्ने बारेमा पनि स्वास्थ्यकर्मीको व्यवहारमा परिवर्तन आउने गर्छ ।

 

कार्यक्रम स्वास्थ्य मन्त्रालय समुदायमा आधारित नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रमका संयोजक पशुराम श्रेष्ठले नेपालमै पहिलो पटक यो कार्यक्रम मध्यपश्चिम क्षेत्रीय अस्पतालमा लागु गरिएको जानकारी दिनभयो ।
उहाँले ९० लाख रुपैयाको लागतमा संचालन भएको यो कार्यक्रमलाई अन्य अस्पतालहरु प्नि विस्तार गदै जाने बताउनु भयो ।

 

मध्यपश्चिम क्षेत्रीय अस्पतालका सुपरिटेन्डेन्ट डा.डम्वर खड्काले स्वास्थ्य चोकीदेखि प्राथमिक स्वास्थ्य केन्द्र हुदै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिइएको बताउनु भयो ।
उहाँले अस्पतालमा सुरु भएको तालिम केन्द्रलाई ६ नम्वर प्रदेशकै तालिम केन्द्रको रुपमा विकास गर्ने योजना रहेको पनि बताउनु भयो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले क्षेत्रीय अस्पतालमा चेकजाच लागि आउने गर्भवती महिलालाई भिडियो एक्सर गर्न लाग्ने खर्च नगरपालिकाले व्यहोर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख शंभुप्रसाद ज्ञवालीले ५ वर्षमुनीका वच्चाहरुलाई लक्षित गरी संचालन हुन खुशीको कुरा भएको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्