श्रीमानको हतियार प्रहारबाट श्रीमति गम्भिर



रामधन राई, खोटाङ ।
खोटाङमा श्रीमानले गरेको हतियार प्रहारबाट श्रीमती गम्भिर घाईंते बनेकी छिन् । जन्तेढुंगा गाउँपालिका–३ काहुलेका ३६ वर्षीय श्रीमान केदार राईले माईतीमा रहेकी श्रीमति निर्मला राईलाई माईतीमै पुगेर धारिलो हतियार प्रहार गरी गम्भिर घाईंते बनाएका हुन् ।

माईती घर खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा बसिरहेको अवस्थामा केदारले श्रीमतीलाई बुधबार हतियार सहित आक्रमण गर्नेे श्रीमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो ।

केदारलाई प्रहरीचौकी वाप्लुखाबाट गएको प्रहरीले पक्राउ गरेको हो । राईको आक्रमणबाट निर्मलाको टाउको पछाडि तीन ठाउँमा गहिरो चोट लागेको, बायाँ हातको बुढी औंला बाहेक चार औंला काटिए, दायाँ हातको दुई औंला चुँडिएको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका वडाध्यक्ष खड्गबहादुर खत्रीले बताउनुभयो । श्रीमानको आक्रमणबाट गम्भीर घाईते भएका निर्मलाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार भइरहेको छ ।

 

असार १३ गतेदेखि माईती घरमा बस्दै आएकी निर्मलालाई कचिया, कर्द र खुर्पा लगायतका घरेलु हतियारले प्रहार गरिएको स्थानीयले बताएका छन् । राई दम्पत्तीका चार छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्