अब मोबाइलबाटै सुगर जाँच्न सकिने



 

नेपाल समाचारपत्र
काठमाडौं
ओटो फोन्सले मानिसको शरीरमा भएको सुगरको मात्रा पत्ता लगाउने मोबाइल बजारमा ल्याएको छ। बायोल्यान्ड टेक्नोलोजीबाट सहनिर्माण गरिएको सो फोनको नाम ओटो चेकर रहेको छ। नयाँ फोन ओटो फोन्सका लागि आधिकारिक बिक्रेता जयमा इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा भित्र्याएको हो।

ओटो चेकर ओटो फोनमा रहेको विशेष डिजाइनमा बनेको ग्लुको मिटरले शरीरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन मद्दत गर्ने बताइएको छ। चेकरको यो काम अमेरिकाको खाद्य तथा औषधि संघद्वारा प्रमाणित गरिएको छ।
चेकरमा ल्यान्सिङ यन्त्र, ल्यान्सेन्ट, ग्लुकोज टेस्ट स्ट्राइप तथा प्रयोग गर्ने विधिको बारेमा जानकारी दिइएको छ। त्यस्तै फोनमा रहेको पेडोमिटरले पैदल यात्रा गर्दा कति दूरी कति पाइलामा पार गर्यो भन्ने जानकारी गराउन मद्दत गर्ने कम्पनीले जनाएको छ।

फेसबुक चलाउने उपभोक्तालाई लक्षित गरी डेडिकेटेड फेसबुक एपलिकेसन सुविधा रहेको मोबाइलमा रेडियो र संगीतका निम्ति थप डेडिकेटेड के–पाओर एम्प्लिफायर चिपसेट समेत रहेको छ। ओटो फोन तीन विभिन्न रङमा उपलब्ध छ भने यसको तौल जम्मा ११९ ग्राम रहेको कम्पनीले बताएको छ। यस मोबाइलको मूूूूूूूूल्य ३ हजार ४ सय ९६ रुपियाँ रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्