लुम्बिनी विकासको चन्द्रावतीमा शाखा



 

काठमाडौं, (नेस)
लुम्बिनी बिकास बैंक लिमिटेडले तनहुँ जिल्लाको भानु नगरपालिका, वडा नं. १३ चन्द्रावतीमा आफ्नो ५०औं शाखा कार्यालय स्थापना गरेको छ।

‘ग्रामीण क्षेत्र बैंकिङ अबको प्राथमिकता’अन्तर्गत बहुसंख्यक जनता (ग्राहक) लाई बैंकिङ सेवा पुर्याउने घोषित नीतिअनुरूप मिति सो शाखा स्थापना गरिएको हो।
सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले गर्नुभयो। सुशील पराजुलीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले स–साना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरी त्यस भेगका बासिन्दाहरूमा बैंकिङ सेवाको पहुँच अभिवृद्धि शाखा सञ्चालनमा ल्याएको बताउनुभयो। बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा रही देशका विभिन्न भागमा रहेका यस शाखासहित कूल ५० वटा शाखा सञ्जालहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्