सरकार ! काष्ठमण्डप कहिले बन्छ ?



डिल्ली तुलाधर
यो लेख सरकारका कुनै मन्त्री,सांसद या उच्चपदस्थअधिकारीले पढ्छन् या पढ्दैनन्, त्यो मलाई थाहा छैन। मलाई लाग्छ, उनीहरूसँग जनताको प्रत्यक्षचासो जोडिएका यी र यस्ता लेख पढ्ने फुर्सद नै छैन। तैपनि के विश्वास छ भने, कोही–कसैले उहाँहरूका कानसम्म यी कुरा पुर्याइदिनुहुनेछ।

भूकम्पले ध्वस्तबनाएका ऐतिहासिकतथा पुरातात्विक सम्पदाबारे कोही बेखबर छैन। दुई–दुई वर्ष बितिसक्दापनि सर्वसाधारणको बिचल्ली उस्तै छ। पुरातात्विक सम्पदाहरू खण्डहरमा परिणत भएका छन्। यिनै खण्डहर देखाएर सरकारले अर्बौं रुपियाँदातृ निकायबाट लिइसककेको छ। तैपनि केही छोडेर अधिकांश स्थल र सम्पदाहरूको अवस्था उस्तै छ।

विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदामध्ये यतिबेला म काष्ठमण्डपको कुरा गर्दैछु। हुन त अवस्था काष्ठमण्डपको मात्रै होइन, अन्य सम्पदाहरूको पनिफरक छैन। सबै बेहालअवस्थामा छन्। तैपनिकाष्ठमण्डपनजिकै जन्मेको, हुर्केको, खेलेको र प्रत्यक्षरुपमाअनुभव गरेको व्यक्तिभएकाकारण म यसैका बारेमा बढीचिन्तित छु र यसैकाबारेमा लेख्दैछु।

म मरुटोलको मान्छे। काष्ठमण्डपको अर्को नाम मरु सत्तल। यसको ऐतिहासिकतथा सांस्कृतिकमहत्वकाविषयमा सबैलाई जगजाहेर नै छ। मैले भनिरहनुपर्दैन। मलाई सम्झनाभएअनुसार विदेशी राष्ट्रप्रमुखहरू नेपालआउँदा एयरपोर्टबाट सीधै काष्ठमण्डप लगेर काठमाडौंको साँचो हस्तान्तरण गर्ने चलनथियो। न जाडो, न गर्मीको सत्तल–मरु सत्तल। हामी सानो छँदा त्यहाँभित्रभजनहुन्थ्यो, कथा सुनाइन्थ्यो, धार्मिक कार्यक्रमहरू धेरै हुन्थ्यो। हुन त पछिसम्म पनित्यस्ताकार्यक्रमहरू भइरहेकाहुन्थे, तैपनि सानो छँदाको सम्झनाले दिने आनन्दभने बिछट्टै हुँदोरहेछ। पीडाको कुरा गर्नेहो भने पनिकम्ता डरलाग्दो छैन। भूकम्पगएकै दिनहामीत्यही मरु सत्तलमाथियौं। रक्तदानकार्यक्रमभइरहेका समयमाभूकम्पगयो। कति सहकर्मी त्यहीँपुरिए। भाग्यवशएकजना साथीको साढे तीन घण्टापछि उद्धार गरियो।

विनाशकारीभूकम्पआउनुभन्दाएक–दुईवर्षअघिकै कुरा हो। सिंहसत्तलजीर्ण अवस्थामापुगेको थियो। मरुसत्तल (काष्ठमण्डप) को अवस्थापनि जीर्ण नै थियो। कतिबेला के हुने हो भन्ने डरै डर थियो हामी स्थानीयहरूमा। त्यहीभएर सरकारसँग बारम्बार जीर्णोद्धारकालागिआग्रहगर्यौं। बारम्बारको आग्रहपछि सिंहसत्तलपुनर्निमाणको काम अघि बढ्यो। तर विडम्बना, सरकारले काष्ठमण्डप जीर्णोद्धारको माग सुनेन। केही समयपछि भूकम्पआयो र पूर्णरुपमाक्षतिभयो–काष्ठमण्डप।

काष्ठमण्डप भत्किएको पनिदुई वर्षभन्दा बढी भइसकेको छ। तर, पुनर्निमाणको काम सुस्त होइनलगभगशून्य नै छ। विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको बेहाल कुरा गरिसाध्य छैन। सरकार कानमा तेल हालेर बसेको छ। अनियहीमौकामा एउटा संस्थापुनर्निर्माणको अभियानभन्दै केहीकाम गरेझैँ गरिरहेको छ। उसको काम गराइजसले पुनर्निर्माण कहिले हुने र कसरी हुने कुनै टुंगो छैन। न त कामको कुनै ठोस योजना छ, न त स्थानीयसँगको समन्वय नै ?

संस्थाप्रतिको विश्वसनीयता के ? यो यतिबेला स्थानीयकामनमाउब्जिएको गम्भीर प्रश्नहो। जुनप्रश्नको चित्तबुझ्दो जवाफ स्थानीयलेखोजिरहेका छौं। तर, दिने कसले ? सरकारसँग हाम्रो प्रश्न छ– कुनै एउटा गैरसरकारी संस्थालाई काष्ठमण्डप पुनर्निर्माणको जिम्मादिने आधार के ? फेरिपुनर्निर्माणका काममात्यो संस्थाको अनुभव के ?पुनर्निर्माण अभियानभनेर केही समय विभिन्नदातृ संस्थातथा व्यक्तिहरूबाट चन्दा उठाउने अनि केही समयपछि त्यसलाई त्यत्तिकै छोडिदिने कामभयो भने त्यसको जिम्मेवार को ?

पुनर्निर्माणका लागिभनेरविदेशीदातृ निकायले अर्बौं रुपियाँ सरकारलाई सहयोग गरेका छन्। त्यो रकम सरकारी कोषमात्यत्तिकै थन्किएको छ । तर, काष्ठमण्डपजस्ता ऐतिहासिकतथा पुरातात्विक सम्पदाको बेहालहेरिसक्नुछैन। त्यसैले हामी सरकारलाई विनम्रताका साथआग्रह गर्छौं, पुनर्निर्माणको नेतृत्व सरकारले नै लिइदेओस्। पुनर्निर्माणका लागिखर्च कति लाग्छ, समय कति लाग्छ,यी र यस्ता विषयमाविश्वासिलो आधारनभईकनहचुवाका भरमाकुनै अमुक संस्थालाई काष्ठमण्डप पुनर्निर्माणको जिम्मालगाउने कामनहोस्। हामी स्थानीयव्यक्तिहरू सरकारी संस्थाहरूसँग समन्वयकालागितयार छौं। हाम्रो ठाउँको सम्पदापुनर्निर्माणका लागिहामीदिलोज्यानदिएर अघि बढ्छौं। हामीले के गर्नुपर्छ ?त्यसकालागिहामीतयार छौं। भन्दातीतो लाग्न सक्छ तरअर्को यथार्थ यहाँउल्लेख गर्छु– विदेशी सयौं पर्यटकबाट पर्यटन शुल्ककानाममाहजार रुपियाँका दरले दिनमै लाखौं रुपियाँ उठाइन्छ। तर, के त्यसलाई पुनर्निर्माणको काममाउपयोग गर्न सकिन्न?महानगरपालिकाका मेयर, उपमेयर वडाध्यक्ष तथा सदस्यहरूसँग पनिहाम्रो विनम्र आग्रह छ– काष्ठमण्डप पुनर्निर्माणको कामलाई हलुका ढंगले नलिइयोस्। स्थानीयसँगको समन्वयतथा सहकार्य जुनसुकै विकास निर्माणका भरपर्दा आधारस्तम्भहुन्। त्यसैले यसलाई बेवास्तानगरियोस्। छिटोभन्दा छिटो पुनर्निर्माणको काम अघि बढोस्। ताकिहामीले फेरि सोध्ननपरोस्–सरकार⁄ कहिले बन्छ काष्ठमण्डप ?

प्रतिक्रिया दिनुहोस्