पल्पसाले बाह्रमासे बनाउने



 

बनेपा, काभ्रे, (नेस)। टेलिभिजनको पर्दामा नक्कली प्रचण्डको भूमिका निर्वाह गर्दै आएका काभ्रेली कलाकार प्रदीप पाठकले ठूलो पर्दाको फिल्म निर्माण गर्ने भएका छन्।

उनले निर्माण गर्न लागेको बाह्रमासे नामक फिल्ममा भद्रगोललगायत अन्य हास्य टेलिशृंखलाका कलाकार रहनेछन्। यसै महिनाको अन्त्यबाट सुटिङ हुने यो हास्यप्रधान फिल्मको निर्देशन पल्पसा डंगोल ‘चम्सुरी’ ले गर्नेछिन्।

फिल्ममा भद्रगोलका निर्माता एवं कलाकार सुवास कार्की ‘बेलासे’ मुख्य पात्रका रूपमा देखिने छन्। फिल्ममा मधुसूदन पाठक ‘सिते बा’, सीपी पुडासैनी ‘धतुेर’, गोविन्द कोइराला ‘जयन्ते’, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, केदार न्यौपाने, निर्मल शर्मा, अरुणा कार्की, रोहित दंगाल, राधा लम्साल, निरू खड्का, सुदीप बराल, सुशील सैंजु, अमृता भट्ट, पत्रकारहरु ऋषि धमला र जनार्दन पौडेललगायतले पनि अभिनय गर्नेछन्। २ गीत रहने फिल्ममा गायिका मीना निरौला र सञ्जय बरालको स्वर रहनेछ।

प्रतिक्रिया दिनुहोस्