दुई वर्षा सँगै



 

फिल्म नाइँ नभन्नु लको सिरिजमार्फत् डेब्यु गरेका वर्षा राउत र वर्षा शिवाकोटीलाई सँगै राखेर अभिनय गराउने निर्माता तथा निर्देशकको चाहना उनीहरुबीच आपसी सम्बन्ध राम्रो नरहेको चर्चाका कारण प्रस्तावसम्म बन्न सकेन।

त्यसैले एकसाथ फिल्ममा नदेखिएको यो जोडीलाई एक गीतको म्युजिक भिडियोमा भने सँगै देखिएको छ। गायिका सिन्धु मल्लले झण्डै ५ वर्षको अन्तरालपछि गाएको एक गीतको भिडियोमा सुव्रत आचार्यले यी दुई वर्षालाई एक साथ प्रस्तुत गरेका छन्। राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत गीतमा नजिकिँदो तीजको चर्चा गरिएको छ।

अहिलेको तीजैमा नाचौं छमछम बोलको गीतमा दुई वर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका छन्।

भिडियोमा यी दुई निकै खुसी देखिएका छन्। ‘हामी बीचमा त्यस्तो नराम्रो केही थिएन। तर, हल्ला बढी भयो’, शिवाकोटीको भनाइ छ– ‘हाम्रो सम्बन्धलाई अनुमानकै भरमा हल्लामा ल्याइयो।’ अर्की नायिका वर्षा राउतले पनि सँगै काम गर्न पाउँदा निकै खुसी लागेको बताउँछिन्। ‘हामीलाई पनि सँगै काम गर्ने इच्छा थियो। तर, अफर नै आउँदैन थियो।’ गायिका मल्लले केही वर्षको अन्तरालपछि ल्याएको गीतले पहिले झैं माया पाउने विश्वास व्यक्त गरिन्। ‘केही समय मैले मेरो घर गृहस्तीलाई दिएँ। किनकि परिवारको दायित्व पनि पुरा गर्नुपर्छ नै। अब फेरी विस्तारै आफ्नै गीत लिएर आउँदै छु –गायिका मल्लले भनिन्। यो गीतको म्युजिक भिडियोमा छायांकन अर्जुन तिवारी र सम्पादन भरत रेग्मीको रहेको छ।

प्रतिक्रिया दिनुहोस्