जीवन सेन्चुरीको लाली ओठैमा



 

भिडियो निर्देशक तथा संगीतकार जीवन सेन्चुरीले लाली ओठैमा बजारमा बोलको लोकदोहोरी गीत बजारमा ल्याएका छन् । करिव चार सयभन्दा बढी गीतको निर्देशन गरेका सेन्चुरीले पछिल्लो समय उक्त गीत बजारमा ल्याएका हुन् ।

टीका पुन र प्रकाश सपुतको स्वरमा रहेको उक्त गीतलाई आफुले निकै मेहेनत गरे बजारमा ल्याएको सेन्चुरी बताउँछन् । गीतमा भनिएको छ, ‘लालि ओठैमा, मनैले मागेको टिपौँ झै लागेको फुल छ बोटैमा ।’ भिडियोमा निकै मेहनत गरेर नयाँ टेस्ट दिन खोजेको पनि सेन्चुरीले बताए । भिडियोमा गीतको भिडियोमा पनि आफुले निकै मेहेनत गरेको उनी बताउँछन् । गीतमा सन्ध्या सानु र अर्जुन विसीको मोडलिङ रहेको छ ।

कमलकुमार विकले शब्द तथा स्वर रहेको गीतको भिडियो निर्देशन तथा सम्पादन जीवनले गरेका हुन् । लालि ओठैमा आफुले आशा गरेको गीत भएको पनि उनी बताउँछन् । केही समयअघि युट्युवबाट लञ्च भएको उक्त गीतले छोटो समयमै लोकप्रिय बनेको छ ।

पर्वत नाङ्लीबाङका सेन्चुरीले एउटा फुल, फेसबुकमा झुटो बोल्ने चलन रैछ, वालिङमा भेट्नलाई, तिम्रो माया कति छ कति, हलचल मच्चायो, मलाई हेर्ने तिम्रो आँखालगायतका गीत निर्देशन गरेका छन् । उनको निर्देशनमा केकी अधिकारी, नीति ढु्रंगाना, धिरेन शाक्य, प्रदिप खड्का, शंकर विसी, विजय थापालगायतले कम्मर मर्काएका छन् । जीवले पछिल्लो समय आफु फिल्म डाइरेक्सनमा ब्यस्त रहेको बताए । वालविवाहको कथामा फिल्म निर्माण गर्न लागेको भन्दै उनले फिल्मको नाम भने खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्