‘मलाई तीनै जनाले पालै पालो बलात्कार गरे’



कृष्णउदास खनाल, वीरगन्ज
पर्सा प्रहरीले तीनजना युवाहरुलाई बलात्कारको आरोपमा पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
वीरगन्जको इनर्वामा एक विवाहित महिलालाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको बेतिया घर भइ बाराको जितपुरस्थित माइती घरमा बस्दै आएकी २२ वर्षिया एक महिलालाई वीरगन्ज महानगरपालिका वडा नम्बर १९ इनर्वाका ३० वर्षिय तैयब हुसेन, ३० वर्ष कै नूरु अल हक र २९ वर्षिय महम्मद तबरेज अहमदले सामुहिक बलत्कार गरेको प्रहरीले दाबी गरेको छ । बास दिने बाहनामा आफ्नै घरमा लगेपछि तैयब तथा उनका दुइ जना साथी नूरुअल र तबरेज तीनै जनाले यौन सम्पर्क राख्न आग्रह गर्दा नमानेपछि आफु्लाइ तीनै जनाले पालै पालो बलत्कार गरेको पीडित महिलाले बताएको प्रहरीले जनाएको छ ।

भारत बेतियाको जेलमा १० महिनादेखि कैद सजाय भोगि रहेका आफना श्रीमानलाइ भेट्न सोमबार साँझ डेढ वर्षको दुधे बच्चालाइसंगै लिएर जितपुरबाट बेतिया हिडेकी महिलालाई तैयबले सोमबार बेलुकी श्रीपुरमा भेटेपछि बास दिन भन्दै इनर्वा्स्थित आफनो घरमा लगेका थिए । मङगलवार बिहान पीडित महिलाले घटना बारे जानकारी गराएपछि प्रहरीले आरोपित तीनै जनालाई वीरगन्जको घण्टाघरबाट पक्राउ गरेको पर्साका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताउनु भयो ।

यद्यपी पक्राउ परेका तीनैजना युवकहरुले भने महिलाको सहमतिमै यौन सम्पर्क गरिएको तर रकमको बिषयमा कुरा नमिलेपछि बलात्कारको आरोप लगाइएको जिकिर गरेका छन् । महिलाको सहमति अनुसार आफूहरुले पांचसय दिनुपर्ने भएपनि उनलेपछि एक हजार मागेपछि विवाद भएको जिकिर गरेका छन् । घटनाको बिषयमा अनुसंधान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्