वीरगन्जको मेयर हत्याउन आ–आफ्नै दाउपेच



कृष्णउदास खनाल, वीरगन्ज । झण्डै एकसय बर्ष पुरानो  वीरगन्ज शहरको मेयर पद हत्याउनका लागि अहिले सबै राजनीतिक दलहरु लागि रहेको पाइएको छ ।  वीरगन्ज पर्साको मात्र नभइ मध्य तराईको समेत राजधानी शहर भएकाले वीरगन्जको मेयर पदमा धेरैको आखा लागेको छ ।

ठूला दलदेखि मधेशवादी दलहरु समेत वीरगन्जको मेयर पद हत्याउनका लागि अहिले रणनीतिक योजनामा रहेका छन् । बैशाख ३१ ह्ुदै असार १४ बाट असोज २ गतेका लागि चुनावको साइत जुरेको वीरगन्जको मेयर पदका लागि चुनाव प्रचार अभियानले अहिले निकै गति लिएको छ । अन्तरघातहरु बढी हुने भएकाले यसलाई रोक्न दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् ।

मतदान गर्ने दिनपछि सरेपनि यसलाई रणनीतिक रुपमा उपयोग गर्ने दलहरुको तयारी रहेको छ । अन्तरघात क मगर्न भन्दै केही दिन अघि संघीय समाजवादी पार्टी फोरमले कार्यकर्ता भेलाको समेत आयोजना गरेको थियो । भेलामा मेयर पदका लागि प्रश्ताविक उम्मेदवार बिजय सरावगीलाई सघाउन आग्रह सहितको निर्देशन गरिएको फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताए । अन्तरघात नभए आफूहरुले सजिलैसंग चुनाव जित्ने अवस्था रहेको उनी बताउछन् । त्यसो त नेपाली काँग्रेसका उम्मेदवार अजय द्धिवेदी पनि चुनाव जित्नेमा ढुक्क देखिन्छन् ।

काँग्रेसको पुरानै गढ वीरगन्ज भएका कारण अन्तरघात नभए चुनाव सजिलैसंग जित्ने द्धिवेदी बताउछन् । यद्यपी उनी गएको संबिधान सभाको निर्वाचनमा पर्साको क्षेत्र नम्बर २ बाट सभासदमा उठेको भएपनि अन्तरघातका कारण पराजित भएको काँग्रेस पर्साका नेताहरुले नै बताउने गरेका छन् । एमाले पनि आफ्नै दाउमा छ । एक स्थानीय मेडिकल कलेजको संचालक समेत रहेका बसरुद्दिन अंसारीलाई मेयरमा उठाउदा चुनाव जितिने एमालेको दाबी छ । मुसलवान समुदायको भोट सबै आफूलाई पर्ने र पार्टीको भोट पनि सबै आए चुनाव जित्ने अंसारीको तर्क छ । यद्यपी उनी एमालेमा प्रवेश गरेपछि एमाले पर्सामा खैलाबैला भने छ ।

्आफ्नो उपस्थितिका लागि मात्रै भएपनि मेयरमा उम्मेदवारी दिने सोचमा रहेका माअ‍ोवादी केन्द्रका प्रश्ताविक उम्मेदवार रहबर अंसारीले पनि चुनाव जित्ने बिश्वासमा छन् । राजपाले मेयर पदका लागि उम्मेदवारको टुंगो नलगाइएको भएपनि बिमल श्रीवास्तव,राजेशमान सिंह,पुरुषोत्तम झा लगायतका नेताहरुको नाउ चर्चामा छ । यीनै मध्यका एकजनालाई चुनावी मैदानमा राजपाले उठाउने नेताहरुले बताएका छन् । वीरगन्ज पुरानै शहर भएकाले पनि र प्रदेश नम्बर २को राजधानी सहितको हैसियत भएका कारणले पनि वीरगन्जको मेयर पद हत्याउनका लागि दलहरुले प्रतिष्ठाको बिषय बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्