व्यापारीलाई प्रेम जालमा फसाएर अपहरण गरी मार्ने पूजा पक्राउ, साँझ ५ बजे दाङ प्रहरीले सार्वजनिक गर्दै



नेपाल समाचारपत्र, तुलसीपुर । तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न भएको आरोप लागेकी युवती पूजा घर्तीमगर लाई प्रहरीले पक्राउ गरेको छ ।

राजकुमार श्रेष्ठलाई अपहरण गर्ने पुजा घर्ती लाई सार्वजनिक गर्न साझ ५ बजे गुल्म प्रहरी कार्यालयमा दाङ प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेको बताइएको छ । व्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्या गर्ने सम्मको काममा बाबु टिकारामको योजना अनुसार नै उनकी छोरी २० वर्षीया पूजा घर्ती मगरले तानाबाना बुनेको पत्ता लगाएको प्रहरीले उनलाई सार्वजनिक गर्न लागेको हो । प्रहरीले पैसा उठाउने उद्देश्यका साथ टिकारामले आफ्नी छोरी पूजालाई प्रयोग गरेर व्यापारी श्रेष्ठको अपहरण गरेको बताएको थियो ।

जेठ २६ गते अपहरणमा परेका दाङ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ २१ दिनपछि मृत फेला परेका थिए । जेठ २६ गते साँझ तुलसीपुरबाट अपहरणमा परेका श्रेष्ठ असार १६ गते शुक्रबार सल्यानको छत्रेश्वरी गाउँपालिका–४, झिम्पेरेन्जको लेक भञ्ज्याङस्थित जंगलमा ढुंगाले हानेर मारिएको अवस्थामा फेला परेका थिए ।

अपहरणको घटनामा संलग्न तुलसीपुर–१२ का २५ वर्षीय कमल उर्फ अबिरल महतरालाई प्रहरीले पक्राउ गरेपछि व्यापारी श्रेष्ठको घटनाबारे पोल खुलेको थियो। महतराले प्रहरीलाई व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरिएको बयान दिएपछि घटनाको पर्दाफास भएको हो।

 

प्रतिक्रिया दिनुहोस्