प्रहरी जवान भर्ना छनौट सुरु, ‘भनसुन गरेर पास हुन्छु भन्नेहरु घर गए हुन्छ’



SONY DSC

विमल विष्ट,डोटी ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवानको भर्ना छनौट दिपायलमा सुरु भएको छ ।

देशभरीमा कुल १ हजार ६ सय ४५ जनामा दिपायल तामिकेन्द्रमा मात्रै ४ हजार ९ सय ३६ जनाले आबेदन भरेको दिपायल तालिमकेन्द्रका समादेक मेहनराज जोशीले बताउनु भयो ।

आज बाट सुरु गरिएको भर्ना छनौटमा प्रतेक दिन बिहान र बेलुका गरी कुल २ जनाको भर्ना छनौट भईरहेको छ ।

भर्ना छनौट निश्पक्ष तरिकाको भए नभएका बारे अनुगमन गर्नका लागि प्रहरी तालिम केन्द्र दिपायलले सञ्चारकर्मिलाई समेत भर्ना छनौट क्षेत्रमा अनुगमन गर्न प्रवेश दिएको छ ।

तालिमकेन्द्रमा समादेशक एसएसपी मोहन राज जोशीको अध्यक्षतामा भर्ना छनौट प्रक्रिया सुरु भएको छ ।

भनसुन गरेर पास हुन्छु भन्ने आसमा कोहि आएका छन् भने घर गए हुन्छ,यो मेहनेत र परिश्रमीले खाने र खेल्ने ठाउँ भएको भर्ना छनौट बोर्डका अध्यक्ष समेत रहेका एसएसपी जोशीले भन्नु भयो ‘सबैकुरा छर्लङ्गै पारेका छौ,अनुगमनमा मिडियालाई पनि प्रवेश दिएका छौ दाँया—बाँया तल—माथी केहि फरक पर्दैन ।’

प्रयास र परिश्रम गर्नेका लागि यस पटकको भर्ना छनौट प्रक्रिया निकै सजिलो भएको भर्ना हुन आएकाहरु बताउँछन् । उनिहरु भन्छन् ‘पहिलेको भन्दा निकै सजिलो छ,आफुले मेहनेत गरे पास भईने रहेछ ।’

प्रहरी प्रधान कार्यालय बाट भर्ना छनौट प्रक्रियाका लागि खटिएका डिएसपी स्याम पौडेलका अनुसार जवान हुनका लागि एक एक गरी दुबै आँखा चिम्लन सक्ने,शारिरीक तन्दुरस्ति भएको तथा योग्य उमेद्धार हुनु पर्ने भनि लिखित परिपत्र भएकाले त्यसैका आधारमा भर्ना छनौट सुरु गरीएको बताउनु भयो ।

क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले प्रहरी प्रधान कार्यालयको बिसिसी बैठकले पास गरेका २० बुदे नम्स अनुसार भर्ना छनौट प्रक्रिया अगाडी बढाएको बताईएको छ ।

यसपटकको भर्ना छनौटमा नेपाल प्रहरीले एक आखाँ चिम्लन नसक्ने भएपनि भर्ना लिन सकिने नियम बनाएको तालिमकेन्द्रका सह समादेशक तथा डिएसपी दिपककुमार बस्नेतले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘पहिले भन्दा सबै कुरामा कन्सिडर भएको छ,मेहनेत गर्नुहोस पास भईन्छ ।’ प्रहरी तालीम केन्द्र दिपायलले भर्ना छनौट प्रक्रिया निस्पक्ष तथा पारदर्शि ढंगले सुचारुका गर्नका लागि बिभिन्न अनुगामन उप समिति समेत बनाएको छ ।

अनुगमन उपसमितिमा सुदुरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय, लोकसेवा आयोग तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि समेत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्