नेपालकै नमूना अदुवा प्रशोधन उद्योग मकवानपुरको हेटौंडामा



हेटौंडा,(नेस) । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा मकवानपुरको हेटौंडामा अदुवा तथा कृषि उपज प्रशोधन उद्योग स्थापना गरिने भएको छ । यस विषयमा सोमबार छलफल भएको छ ।
कार्यक्रमका ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रम संयोजक गुणनिधि तिवारीले सरकारी अनुदानमा उद्योग सञ्चालनका लागि व्यवहारिक तथा कानुनी प्रक्रियाका सम्बन्धमा नेपाल उद्योग वायिाज्य महासंघले भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा सरकारको ‘एक जिल्ला, एक उत्पादन’ कार्यक्रमअन्तर्गत् मकवानपुरलाई अदुवा उत्पादनमा आत्मनिर्भर बनाउने अभिप्रायले उद्योग सञ्चालनमा ल्याउन लागिएको संघ अध्यक्ष राजकुमार न्यौपानेले बताउनुभयो ।
अध्यक्ष न्यौपानेले मकवानपुरको अदुवा प्रशोधन उद्योग नेपालकै नमूना बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । छलफलमा कार्यक्रम अधिकृत अरुण श्रेष्ठले ‘एक जिल्ला, एक उत्पादन’ को उद्धेश्यबारे सहभागीको जिज्ञासाको समाधान गर्नुभएको थियो ।
सरकारी अनुदान गरी करिब ५ करोड लगानीमा आगामी आर्थिक वर्षभित्र संघको अगुवाइमा अदुवा प्रशोधन उद्योग सञ्चालनमा आउने बताइएको छ । संघकै पहलमा मकवानपुरको उत्तरी क्षेत्रमा ‘एक गाउ“, एक उत्पादन’ अन्तर्गत् किवी उत्पादन ह“ुदै आएको छ ।
छलफलममा प्रशोधन उद्योग अध्यक्ष उत्तम शर्माढकाल, संघ महासचिव महेन्द्र राउत, अदुवा उत्पादक संघ मकवानपुर अध्यक्ष गोपाल गौतम, प्रशोधन उद्योग सञ्चालक चिरञ्जीवी कु“वर, प्रकाश ढकाल, राजेन्द्र थोकर, क्षेत्रबहादुर थिङ, संघ कार्यक्रम अधिकृत देवराज पन्तलगायतले उद्योगका विविध पक्षबारे विचार राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्