गाउँमा घर बनाउँदै महिला



हेटौंडा, (नेस) । बकैया–६, जुइनाकी विमला माझी घर निर्माण तालिमपछि घर बनाउने काममा व्यस्त छिन् । ४० वर्षीया विमला पढ्न खासै नपाए पनि तालिमपछि घर निर्माण गर्ने कार्यमा लाग्न पाउ“दा आफूलाई खुसी लागेको बताउँछिन् ।

हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा तालिम पाएकी उनी अब घर बनाउनसक्ने भएकी छिन्, त्यो पनि भूकम्पप्रतिरोधी । उनी हेल्भेटासको सहयोगमा प्रदान गरिएको ५० दिने तालिममा सहभागी महिला डकर्मी हुन् । उनीमात्र होइन, हेल्भेटासले प्रदान गरेको तालिम र तालिमकै क्रममा घर बनाउँने उनीजस्ता महिला डकर्मी अरु पछि छन् ।

जुइनाकै २८ वर्षीया चन्द्रकुमारी माझी पनि तालिमपछि भूकम्पप्रतिरोधी घर निर्माण गर्ने आत्मविश्वास पलाएको बताउ“छिन् । उमेरले नेटो काट्दै गरे पनि बिमला सिप भएमा आफू अरुको अगाडि झुक्न नपर्ने बताउ“छिन् । डकर्मी तालिमपछि तालिमलाई व्यवहारमा उतार्न घर निर्माण अभ्यासमा लागिरहेका दुवै जनाको दक्ष डकर्मी बन्ने लक्ष्य छ ।
भूकम्पले भत्काएको गाउ“लेका घर बनाइदिएर आफ्नो सिप प्रयोग र गाउ“लेलाई सहयोग गर्ने यी दुई महिला डकर्मीको रहर छ । बकैया–८, स्कुलदमारमा भूकम्पप्रतिरोधी घर बनाउ“दै भेटिइछिन् ३८ वर्षीया नर्वदा घिमिरे ।

डकर्मी काम गर्न पाएकोमा दंग उनले भनिन्–पुरुषले सक्छन् भने महिलाले किन सक्दैन । वैदेशिक रोजगारीमा रहेका पतिले ‘महिलाले घर बनाउ“छन् र’ भनेर खिसी गरेपछि झन रहर जागेको उनले बताइन् । विदेशमा दुःख गर्नुभन्दा गाउ“मै डकर्मी काम गर्न पाएकोमा उनी गर्व लागेको उनी बताउ“छिन् ।

बकैया–९ की २२ वर्षीया सम्झना थिङ र २४ वर्षीया सुमित्रा घलानले पनि डकर्मी तालिम लि“दैछन् । आर्थिक समस्याले १० कक्षापछि छाडेका उनीहरु पनि वैदेशिक रोजगारीभन्दा गाउ“मै घर बनाउने योजनामा छन् । गाउ“मा थोरै डकर्मी भएकाले पारिश्रमिक बढाएकोमा दुःख व्यक्त गर्दै उनीहरुले एकै स्वरमा भने–गरिब भूकम्पपीडितस“ग थोरै ज्याला लिएर काम गर्नेछौं ।

महिला डकर्मीहरुले घर बनाउ“दा पुरुषको तुलनामा बढी ध्यान दिएर काम गरेको बकैया–६, जुइनाका मोतीलाल सिगारले बताए । ‘महिलाले के नै गर्न सक्छन् र भन्थे, मेरो घर महिला डकर्मीहरुले बनाएको देख्दा धेरै खुशी लाग्यो’, बकैया–४, अजिंगरेकी तुलसी उप्रेतीले दंग हु“दै भनिन् ।

डकर्मी तालिम पनि बढी उपलब्धिमूलक बनाउन महिलाहरुले सहयोग गर्ने गरेको पुरुषहरुले बताए । महिलाहरुको लगनशीलता, हौसला र आत्मबलले केही गर्ने आ“ट बढेको बताउ“दै बकैया–९ का मदनबहादुर तामाङले भने–तालिमको प्रमाणपत्र कुहिन दिने छैनौ ।

तालिम लि“दै महिलाहरुले घर बनाउन थालेपछि ग्रामीण क्षेत्रका उनीहरुलाई हेर्ने दृष्टिमा परिवर्तन आएको छ । महिलाहरुले जग खन्ने, बनाउने, गाह्रो लगाउने, जस्तापाताको छाना लगाउन सहयोग गर्दै आएका छन् ।
भूकम्पीय आवास तथा पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन एकार्इं मकवानपुरका अनुगमन तथा मूल्यांकन विशेषज्ञ विवेक गौतमले महिला डकर्मी हु“दा समावेशीताको राम्रो प्रभाव पर्ने बताए । महिलाले घर बनाउनसक्ने रहेछन् भनेर सकारात्मक जाने उनको भनाइ छ ।

मकवानपुरका साविक २४ गाविसका १ हजार ४ सय जनालाई ५० दिने डकर्मी तालिम दिने लक्ष्य हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको छ । कार्यक्रमका लागि हेल्भेटासका जिल्ला सिभिल इञ्जिनियर विजय कोइराला गाउ“गाउ“मा तालिमपछि निर्माण भएको घर भूकम्पका दृष्टिबाट बलियो रहेको बताउ“छन् । ‘तालिमका क्रममा सहभागीले सिकेका सिपको व्यवहारिक प्रयोगबाट बनेका घर सा“च्चै भूकम्पप्रतिरोधी छन्,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्