रुकुममा बाढीको सास्ति, जोखिममा यातायात



धनवीर दाहाल, रुकुम ।

लगातारको बर्षातका कारण रुकुमका बिभिन्न सडक अवरुद्ध भएका छन् । ग्रामिण सडकहरु पुर्ण रुपमा अवरुद्ध भएका छन् भने राप्ती लोकमार्ग अन्र्तगतका सडकहरु अनियमित भएका छन् । वर्षा सुरु भएस“गै जिल्ला भित्रका विभिन्न ठाउ“मा सञ्चालन हुने सडक अवरुद्ध बनेका हुन् ।

बर्षाको मौसम सक्रिय बनेस“गै जिल्लाका विभिन्न सडकमा पहिरो झर्ने तथा पानीले सडकको विभिन्न ठाउ“मा चिरेपछि गाडि सञ्चालनमा असहजता पैदा भएको हो । सदरमुकाम खललंगादेखि पीपल, पोखरा, तकसेरा, महत, का“क्री, जाने सडक पूर्ण रुपमा बन्द भएका छन् भने आठविसकोट, चौरजहारी, रुकुमकोट, वा“फीकोट लगायतका ठाउ“ पुग्ने सडक अनियमित बनेका छन् । यसै गरी सदरमुकाम खलंगादेखि मध्यपहाडी लोकमार्ग हु“दै पूर्वी रुकुम जाने सडक अवरुद्ध धौपापैरा स्थित रुकुमगाडले गरेको छ । उक्त खोलामा पुल नहु“दा वारीका सवारी साधन वारी र पारीका सवारी साधन पारी थन्किएका छन् । उक्त खोलामा लामो समयदेखि पुल बनाउन तयारी गरिएपनि पुल नबन्दा बर्षेनी सर्वसाधारणले सास्ती पाइरहेका छन् ।

विभिन्न गाउ“ भएर सदरमुकाम पुग्ने सडक पनि हिलाम्ये तथा चिप्ला हु“दा यात्रा जोखिमपूर्ण भैरहेको छ । सदरमुकाम पुग्ने ४ सडक मध्य सल्ले–गिल्वाङ अवरुद्ध छ, पातुखोला राउखेत मर्मत हु“दै छ भने सल्ले–भ्रुसुली चिप्लो भएका कारण यात्रा बढी जोखिम छ । सवारी साधन जोखिम हुने भन्दै गाडी लामो बाटो भैर सोलावाङ हु“दै खलंगा पुग्ने गरेका छन् । सडक लामो परेपछि भाडा पनि महंगा पर्दा सर्वसाधारण मारमा परिरहेका छन् । सदरमुकामदेखि चौरजहारी सम्म पुग्ने मध्यपहाही लोक मार्गको यात्रा पनि जोखिमयुक्त छ । माथिबाट पहिरो झर्ने तथा तल बग्ने समस्यका कारण यात्रा जोखिम भैरहेका यात्रुहरु बताउ“छन् ।

सडक असहज बनेको भन्दै व्यवसायीले उक्त सडकमा नियमित गाडि चलाउन पनि छाडि सकेका छन् । अनियमित रुपमा गाडि चल्ने सडकमा पनि ठुलो जोखिमका साथ गाडि चलाईरहेको चालकहरु बताउ“छन् । सडक निर्माण भएपछि नाला नकाट्नु ठुलो समस्या भएको चालकहरुको भनाइ छ । सडकको छेउछाउमा नाला नकाट्नाले सवै पानी सडकमा बगेर सडक भत्कने गरेको छ । खोलानाला बढेकाले पनि यात्रा जोखिम बन्दै गैरहेको हो ।

सडक अनियमित बन्दा सदरमुकाम आउने तथा सदरमुकामबाट फकर्ने यात्रुका लागि समस्या भएको छ भने दैनिक उपभोग्य सामाग्री ढुवानीमा पनि असहजता आएको छ । सडक अनियमित बनेस“गै जिल्लाका विभिन्न बजारमा महंगी बढ्ने भन्दै उपभोक्ता चिन्तामा परेका छन् । गाडी स१चालन नहु“दा दोब्बर मुल्यमा दैनिक उपभोग्य सामाग्री खरीद गर्नुपर्ने बाध्यतामा स्थानीय उपभोक्ताहरु रहेका छन् । विशेष गरी आठविसकोट, का“क्री, रुकुमकोट बजारबाट सेवा लिने उपभोक्ताहरु महंगीको मारमा पर्ने गरेका छन् । सडक सञ्चालन नहुँदा मान्छेबाटै सामान ढुवानी गर्नुपर्ने भएकाले सामान महंगो हुन गएको व्यापारीहरु बताउ“छन् ।

 

यसै गरी राप्ती लोकमार्ग अन्र्तगत रुकुमको खारा देखी मुसिकोट सम्म १२३ ठाँउमा साना साना पहिरो खसेको छ भने ६ ठाँउमा ठुलो पहिरो खसेको छ । गाडीहरु जोखिम मोलेर पहिरो हटाउँदै आवत जावत गरिरहेका छन् । यसै गरी स्रिम्रुतुको खोलामा ठुलो पानी पर्दा गाडी तर्न नसक्दा समस्या हुने गरेको छ । पानी रोकिँदा सम्म कुर्नु पर्ने अवस्था आएको गाडी चालकको भनाई छ ।

 

यसै गरी मुसीकोट नगरपालिका–४, को कैनपानी खोलामा आएको भलले ३ घरपरिवारमा क्षति पुगेको छ भने १० घर उच्च जोखिममा छन् । सोही वडाका खारास्वाँराका सावित्रा ओली, कृपाराम ओली र रिमबहादुर खड्काको घरमा क्षति पुगेको छ । भल ३ वटै घरमा पस्दा घरमा रहेको लत्ताकपडा, अन्नपानी भाँडकुँडा पुरेको छ । सावित्रा ओलीका ५ वटा बाख्रा मरेका छन् । प्रहरी चौकी सोलावाङका अनुसार सावित्रा ओलीको १४ लाख २५ हजार, कृपाराम ओलीको १३ लाख ५ सय र रिमबहादुर खड्काको १३ लाख मूल्यबराबरको क्षति भएको छ । स्थानीय निर्मला ओलीका अनुसार भल आउन लागेको थाहा भएपछि मानवीय क्षति भने हुन पाएन । पुष्पलाल लोकमार्गको नालाबाट बगेको पानी बढ्दै जाँदा भल बनेर गाउँमा पसेको हो ।

उनीहरुको घरको साथै शौचालय तथा गाईभैंसी गोठमा समेत क्षति पुगेको छ । यसको साथै प्रहरी चौकी सोलावाङको शौचालमा पूर्णरुपमा क्षति पुगेको छ भने प्रहरीको भान्सामा समेत क्षति पुगेको छ । सोही खोलाको भलको कारण प्रमानन्द खड्का, मोहन खड्का, दीपक खड्का, बीरबहादुर खड्का, प्रकाश खड्का, खडक रावल, रमेश ओली, दीलिप सार्की, यज्ञबहादुर ओली र लोकबहादुर सार्कीको घर उच्च जोखिममा रहेको प्रहरी चौकी सोलावाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक निरक बस्नेतले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्