चार बलात्कारीहरुलाई कारागार चलान



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको औरही गाउँपालिका—२ फूलबारीयाकी २० बर्षीया सौन्दर्यकर्मी (ब्युटिसियन) लाई जेठ २८ गते बलात्कार गरि फरार रहेका चार जना बलात्कारीहरुलाई प्रहरीले पक्राउ गरी उनीहरुलाई महोत्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

 

कारागार चलान हुनेमा औरही गाउँपालिका २ बस्ने वर्ष २६ को सुनिल साह, वर्ष २० को अनिकेत यादव, सोही ठाउँ बस्ने वर्ष २१ को रमेश पंजियार तथा वर्ष २० को सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

सौन्दर्य व्यवसायी राधा (नाम परिवर्तीत) लाई जेठ २८ गते पसल बन्द गरी घर जाने क्रममा औरहीदेखि फुलवरिया गाउँतर्फ जाने बाटोसंगको खेतमा बाटो ढुकेर बसेका बलात्कारीहरुले सामुहिक बलात्कार गरेकाले उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए ।

 

जिल्लाको औरही गाउँपालिकाको वडानं. २ मा जेठ २८ गते एक सौन्दर्यकर्मी (ब्युटिसियन) लाई बलात्कार गरी फरार रहेका औरही २ बस्ने वर्ष २६ को सुनिल साहलाई सोही दिन पक्राउ गरी उमाथि जवर्जस्तकरणीको मुद्दा दर्ता गरेर कारवाही सुरु गरेको थियो भने बाकी तीन जनालाई उनको वयानको आधारमा तथा खोजतलासको क्रममा एक साताभित्र पक्राउ गरी उनीहरुमाथि प्रहरीले जबर्जस्ती करणी मुद्दा चलाएर महोत्तरी जिल्ला अदालतमा पेश गरेकोमा न्यायाधीश दीपकराज पन्थले उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्