देउवाको परराष्ट्र सल्लाहकारमा भट्टराई



काठमाडौ (नेस) ।
प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा दिनेश भट्टराईलाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिद्को बैठकले यस्तो निर्णय गरेको हो ।

भट्टराई यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको परराष्ट्र सल्लाहकारको रुपमा रहेका थिए । भट्टराई स्विट्जरल्यान्डका लागि नेपाली राजदूत भइसकेका ब्यक्ति हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्