बिराटनगर महानगरको मेयरमा कांग्रेसका भीम पराजुली निर्वाचित



शनिबार सकिएको बिराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुबैमा कांग्रेस उम्मेदवार भीम पराजुली र इन्दिरा कार्की विजयी भएका छन् ।

बिराटनगरमा एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेको थियो । तर, कांग्रेस उम्मेदवार पराजुलीलाई हराउन सकेनन् ।

पराजुलीले २३ हजार ३ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले १७ हजार ३२१ मत पाए भने तेस्रो स्थानमा रहेका संघीय फोरमका उमेश यादवले १४ हजार ९५८ मत पाए ।यस्तै उपमेयरमा निर्वाचित इन्दिरा कार्कीले २० हजार १४६ मत पाएकी छन् ।

दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११ हजार ५२३ मत पाएकी छन् भने तेस्रो भएकी फोरम लोकतान्त्रिककी सूची चौधरीले १० हजार ५३६ मत प्राप्त गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्