वार्षिकोत्सवको अवसरमा बालबालिकालाई खीर



काठमाडौ (नेस ) ।

दुग्ध विकास संस्थान डीडीसी को ४९ औं वार्षिकोत्सवको अवसरमा संस्थानले शनिवार १ सय २० जना बालबालिकालाई खीर खुवाएको छ ।

शुक्रवारबाट सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरिरहेको संस्थानले शनिवार सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं सिफलमा अवस्थित नेपाल बाल संगठन बाल मन्दिरमा रहेका १ सय २० जना बालबालिकालाई दुग्धजन्य परिकार खुवाएको हो ।

साथै उक्त बालमन्दिरका लागि खाना पकाउन आवश्यक भाँडाकुँडा समेत डीडीसीका महाप्रबन्धक गंगा तिम्सिनाले सोही अवसरमा हस्तान्तरण गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा शुक्रवार संस्थानले काठमाडौंसहित विराटनगर, जनकपुर, हेटौंडा, बुटवल, कोहलपुर र धनगढी लगायतका शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । यसै अवसरमा संस्थानले असार २६ गते सिन्धुपाल्चोकको भोटेचौरमा रहेका १५ ओटा दुग्ध सहकारी संस्थाहरुका लागि क्यान वितरण गर्ने बताएको छ ।

 

संस्थानले भूकम्प प्रभावित जिल्लाहरुमा रहेका दूग्ध सहकारी संस्थाहरुलाईसमेत क्यान वितरण गर्न लागेको संस्थाका प्रशासकीय अधिकृत दीपक सुवेदीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्