गाउँ–गाउँमा किन रुन्छ मन



लमजुङ, (नेस)। गुरुङको उद्गमस्थल लमजुङमा यतिबेला गुरुङ फिल्ममा गुरुङ संस्कृति समेटेर निर्माण गर्ने र प्रदर्शन गर्ने होड चलिरहेको छ। यसै क्रममा अर्को गुरुङ फिल्म तले क्रोम चु स्वें (किन रुन्छ यो मन) को प्रर्दशन गरिएको छ। दूधपोखरी ६, गौंडाका नवनिर्वाचित वडा अध्यक्ष सीताराम गुरुङको प्रमुख आतिथ्यतामा उक्त फिल्मको प्रदर्शन गरिएको हो।

फिल्म गाउँपालिकाको ओखरी, साल्मे, पिउघर र भीरकुना गाउँहरूमा प्रदर्शन भइसकेको छ। शनिबार मञ्ज्याङ गाउँमा दुई सो प्रदर्शन गरिएको छ। गुरुङ भाषा कला संस्कार र संस्कृतिमा आधारित फिल्ममा नायक विवेक गुरुङ, नायिका सुमिन तमुस्यो रहेका छन्। यस्तै खलनायक सुमित गौचन (स्यान्तेराम) तथा कमेडीतर्फ सुशन गुरुङ (पोखी) सहितका कलाकारहरुको अभिनय रहेको छ।

जनक गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा नृत्य गोविन्दा प्रभात, संगीत विकास चौधरी र सम्पादन मेकबहादुर थापा, छायांकन खेम थापा मगर र निर्माण विकास गुरुङको रहेको छ।
हासो र प्रेमकथा रहेको फिल्म गुरुङको संस्कृति र रीतिरिवाजमा आधारित भएकाले स्थानीयले पुनः प्रदर्शन गराउन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्