भन्सारमा रोकिए ट्रक



महोत्तरी, (नेस)
भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण यो जिल्लासँगै जोडिएको भारतको भिठ्ठामोड नाकामा शनिबार मालवाहक ट्रक रोकिएको पाइएको छ।

भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामग्री बोकेका २६ वटा ट्रक भिठ्ठामोड नाकामा रोकेको छ।

भारतको बरौनीबाट नेपालका लागि ७६ हजार लिटर पेट्रोल र ३ लाख लिटर डिजल बोकेर आएका १८ वटा ट््यांकरसमेत भन्सारमा रोकिएका छन्।

भारतले जुन ३० तारिखदेखि लागू गरेको नयाँ कर प्रणालीका कारण गत शनिबारदेखि सीमा नाकामा नेपाल आयात गर्न लागिएको विभिन्न सामान थन्किएको छ।

प्रतिक्रिया दिनुहोस्