गृह मन्त्रालयद्वारा अभिमुखीकरण तालिम



 

भद्रपुर, २४ असार । गृह मन्त्रालयद्वारा नागरिकता तथा सूचना प्रविधि अभिमुखीकरण तालिम आजदेखि यहाँ सुरु भयो ।

चारदिने सो तालिममा प्रदेश नं १ अन्तर्गत सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवम् कम्प्यूटर अपरेटर गरी ३५ जनाको सहभागिता छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवालाई अझ सरल एवम् सहज बनाउने, गृह मन्त्रालयअन्तर्गतका जिल्ला प्रशासन कार्यालयमा विस्तारित प्रविधिहरुको प्रभावकारी कार्यान्वयन गर्नु र सबै अभिलेखहरु दुरुस्त एवम् चुस्त राख्न तथा आमनागरिकलाई प्रदान गरिने नागरिकता, नागरिकताको प्रतिलिपि एवम् अभिलेखहरुलाई कम्प्युटर सफ्टवेयरमा कसरी राख्ने भन्ने विषयमा तालिम दिनु कार्यक्रमको उद्देश्य रहेको छ ।

तालिममा नीति, योजना तथा कार्यक्रम महाशाखाका सहसचिव केदार न्यौपाने, शासकीय सुधार तथा इ¬–गभर्नेन्स शाखाका उपसचिव श्रवणकुमार तिमल्सेना, नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्था महाशाखाका उपसचिव सागरमणि पाठकलगायतले तालिम दिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्