कठै यो सास्ति, सडकमा ठेलमठेल



दिपेन्द्र शर्मा, जाजरकोट ।

 

जिल्लाको विभिन्न ग्रामीण सडकहरुको स्तर उन्नती नहुदा यातायात संचालनमा समस्या भएको छ । सडगको मर्मत सुधार नहुदा जोखिमपुर्ण यातायात संचालन भइरहेका छन ।

 

पश्चिमको छेडा थलह सडक सञ्चालनमा साघुरो तथा कच्ची सडग भएकोले स्थानीय बासिन्दालाई सास्ती भएको छ । दैनिक यात्रा गर्ने स्थानीय वासीन्दाहरु चढेको गाडीवाट झर्दै गाडीलाई वल लगाएर धकेल्ने गरेका छन । योजना सम्पन्न गर्दा हतार हतारमा काम सम्पन्न गर्ने तथा गुणस्तरीय वाटो वनाउन नसक्दा उक्त सडकमा यातायात सञ्चालनमा समस्या आउने गरेकोे हो ।

 

सडक विभाग र जिल्ला विकास समिती जाजरकोटले निर्माण गरेका सडकहरु गुणस्तरिय नभएकाले गाडी गुड्न लायक नहुँदा जोखिम मोलेर भए पनि यातायात संचालन भइरहेका छन । निमार्ण गरिएका सडगहरु पनि राम्रो नहुदा नहुदै यातायात संचालन गरिएका छन । जिल्लाका पश्चिमका ४ वटा गाँउपालीका तथा नगरपालीका (साविकका १५ गाविसका) स्थानीय बासिन्दा हरु लाई दैनिक आवत जावत र दैनिक उपभोग्य बस्तुको आपूर्ति गर्न समस्या भएको छ । राम्रो र फराकीलो सडक नहुँदा विकास निर्माणको काम समेत प्रभावित बनेको छ । साँघुरो वाटोका कारण गाँउमा विभिन्न काम हरु संचालन गर्दा सामान हरु ढुवानीमा समेत समस्या हुने गरेको कुशे गाँउपालीका ३ निम वहादुर नेपालीले वताए ।

 

“सडग संजाल पुगेको ठाँउ सम्म राम्रो संग सामानहरु पुरयाउन सकिदैन,यसले गर्दा समयमा काम हुदैन , वाटोले गर्दा काम प्रभावीत हुने गरेको छ”उनले भने । वाटोका कारण विकास निमार्णका काम हरु गर्दा तथा विद्यालयका भवन निर्माण गर्दा स्थानीयहरु लाइ सामान ढुवानीमा समस्या हुने गरेको नेपालीले वताए । अनुमती नपाएका तथा कच्ची वाटोमा यातायात ब्यवसायीले मनपरि सवारी साधन चलाउने गरेको र यात्रा गर्ने हरु पनि जोखिम पुर्ण थात्रा गर्न वाध्य भएको उनको भनाई ।

 

खनिएका सडगहरु समयमा मर्मत सुधार तथा स्तर उन्नती नहुदा र्दुगमका विरामी लाई सजिलै औषधी उपचार गर्ने ठाउमा परयाउन निकै कठिन भएको जुनिचादे गाँउपालीका ६ चन्द्र वहादुर वस्नेतले वताए । सुविधा नहुँदा बिरामीलाई उपचारको लागि डोकोमा बोकेर सदरमुकाम लगाएतका ठाँउहरुमा पुरयाउनु पर्ने बाध्यता रहेको उनले वताए ।

 

प्रत्येक बर्षको जेठ मसान्त सम्म सुचारु हुने सडक खण्डमा बर्षाको समयमा ४ महिना यातायात अबरुद्ध हुने गरेको छ । सडक अबरुद्ध भएपछि यातायात संचालन नहुदा सदरमुकाम खंलगा तथा नेपालगंज , सुर्खेत लगाएका ठाँउमा जान लाई यात्रा गर्न निकै समस्या भएको छेडागाड नगरपालीका १२ का चन्द्र प्रकाश खत्रीले वताए । “समयमा सडकको स्तरोन्नती नहुदा यात्रा गर्न हामीलाई समस्या हुन्छ, यो सडक भनेको पानी पर्न बितिकै अबरुद्ध हुन्छ, यो त अर्धबार्षिक खेती जस्तै भएको छ ” केसीले भने ।

नेपालगञ्ज,सुर्खेत लगाएका ठाँउमा जानका लागी मनघाट खारा वाट हिडेर राताचौर पुग्नु पर्ने वाध्यता भएको केसीले वताए । यो सडक खण्डमा नियमित यातायात संचालन हुन नसक्दा कुशे गाँउपालीका , छेडागाड नगरपालिका , जुनिचादे गाउँपालिका र शिवालय गाँउपालीका ७ वटा वडाका हजारौं यात्रुले सास्ती खेप्दै आएका छन् । थलह सडकमा जिविस जाजरकोट, सडक विभागले १० वर्षअघि ट्रयाक खोलिएको २२ किलोमिटर सडकमा करोडौ रकम खर्च गरि सकेको छ ।

जिल्लाको पश्चिममा पर्ने छेडा थलह सडग खण्डमा आफु चडेको वस लाई धकेल्दै यात्रुहरु ।

प्रतिक्रिया दिनुहोस्