मल्टिक्सको थ्री इन वान गाडी बजारमा



काठमाडौं, (नेस)
बाबा समूहअन्तर्गतको बाबा अटोमाटा ट्रेडिङ प्रालिले पानी तान्ने पम्पदेखि बिजुली उत्पादन गर्ने जेनेरेटरका रुपमा पनि प्रयोग गर्न मिल्ने गाडी नेपाली बजारमा ल्याएको छ।

पाँच सिट क्षमताको मल्टिक्स ब्रान्डको उक्त गाडीमा १ हजार ९१८ लिटरसम्म बोक्न सक्ने क्षमता छ। आइसर र पोलारिस कम्पनीको संयुक्त लगानीमा स्थापित आइसर पोलारिस प्रालि उत्पादन गरेको मल्टिक्स ब्रान्डको यो गाडी दुई मोडल र विभिन्न चार रङमा बजारमा उपलब्ध छ।

यस गाडीले तीन किलोवाटसम्म विद्युत् उत्पादन गर्नसक्ने भएकाले यसलाई फेमिली, बिजनेस र पावर जेनरेटर (थ्री इन वान) पनि भनिन्छ। विद्यत् उत्पादनका साथै कार्यक्रमहरूमा म्युजिक सिस्टमदेखि कृषियन्त्रहरू सञ्चालन गर्नेलगायतका काममा पनि प्रयोग गर्न सकिन्छ।

१८ लाख किलोमिटरसम्म कच्ची सडकमा निरन्तर परीक्षणबाट यसको सुरक्षा र दिगोपना प्रमाणित गरिएको कम्पनीको दाबी छ। फोर स्ट्रोक डाइरेक्ट इन्जेक्सन डिजल इन्जिन रहेको यसले २५ देखि ३० किलोमिटरको माइलेज दिन्छ। १७२ एमएम तथा २२४ एमएमसम्मको हाइ ग्राउन्ड क्लियरेन्स रहेको यस गाडीको मूल्य १२ लाख ५० हजार रुपियाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्