एलजीका इन्भर्टर प्रविधिमा आधारित उत्पादन नेपाली बजारमा



काठमाडौं, (नेस)
एलजी इलेक्ट्रोनिक्सको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सले इन्भर्टर प्रविधिमा आधारित एलजीका उत्पादन नेपाली बजारमा
ल्याएको छ।

‘ऊर्जा बचाउनु नै ऊर्जा कमाउनु हो’ ती उत्पादन बजारमा ल्याएको हो। एलजीको इन्भर्टर टेक्नोलोजीले ७० प्रतिशतसम्म ऊर्जाको बचत हुने पत्रकार सम्मेलनमार्फत् जनकारी दिइएको छ। एलजीले यस्ता उपकरणमा १० वर्षको वारेन्टीसमेत दिएको छ।

ऊर्जा संरक्षण गर्ने क्षमता भएका घरेलु उपकरणको प्रयोग गर्नु नै ऊर्जा संरक्षणको शुरुआत गर्नु एलजीको विश्वास रहेको पत्रकार सम्मेलनमा बताइयो। कार्यक्रममा बोल्दै चौधरी समूहका कार्यकारी निर्देशक निर्वाण चौधरीले एलजीसँगको ३० वर्षे सम्बन्धपछि ऊर्जा खपत कम गर्ने नयाँ प्रविधि भित्र्याउन सफल भएको बताउनुभयो।

उहाँले विद्युत् बचाउने यो प्रविधि संसारको भविष्य रहेको दाबी गर्नु भयो। उहाँले एलजीले दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेको बताउँदै वातावरणको दिगोपनाका लागि यस प्रविधिले थप सहयोग पुग्ने बताउनुभयो। उहाँले इन्भर्टर टेक्नोलोजी उत्पादनलाई नेपाली उपभोक्तामाझ प्रतिस्पर्धी मूल्यमा ल्याइएको भन्दै आम उपभोक्ताको आवश्यकता पूर्ति गर्ने समेत बताउनभयो।

एलजी सिंगापुरका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष चोङ रुल पार्कले नयाँ प्रविधि र राम्रो सेवाका कारण एलजीले नेपालमा आफ्नो छुट्टै प्रतिष्ठा बनाउन सकेको बताउनुभयो। उहाँ अनुसार दक्षिणपूर्वी मुलुकमध्ये नेपाल सो प्रविधि भित्र्याउने पहिलो मुलुक बनेको हो।

एलजीले पारिवारिक सन्दर्भमा इन्भर्टर प्रविधिका बारेमा धेरै ज्ञान दिलाउनु आवश्यक रहेको भन्दै यसबाट एलजीले आफ्नो व्यापार बढाउन खोजेको नभई प्रयोगकर्तालाई यस प्रविधिको फाइदाको बारेमा ज्ञान दिलाउन खोजेको दाबी गरेको छ। त्यसका लागि एलजीले खरिद गृह सञ्चालन, सडक कार्यक्रम, प्रदर्शनी, ऊर्जा संरक्षण अभियान सञ्चालन गर्न लागेको जनाइएको छ।

यस वर्ष इन्भर्टर प्रविधिमा आधारित आफ्ना उत्पादनहरू रेफ्रिजिरेटर, वासिङ मेसिन, एयर कन्डिसनिङ, माइक्रोवेभ ओभनहरू व्यापकरुपमा बजारमा छरेको उसले जनाएको छ। कार्यक्रममा इन्भर्टर प्रविधिमा निर्मित एलजीका उत्पादन प्रदर्शनीमा राखिएको थियो। यी उत्पादनले ऊर्जा बचाउन उल्लेख्य भूमिका खेल्ने कम्पनीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्