अजारेन्का अन्तिम १६ मा



लन्डन, (एजेन्सी)
ब्रिटेनकी आशा हिथर वाटसनलाई तीन सेटमा हराएर भिक्टोरिया अजारेन्का विम्बल्डनको अन्तिम १६ मा पुगेकी छन्।

वाटसनले सानदार शुरुआत गरे पनि पूर्वनम्बर एक अजारेन्काले उत्कृष्ट जित निकालिन्। बेलारुसकी अजारेन्काले सो खेल ३–६, ६–१, ६–४ ले जितेकी थिइन्।

छोरा जन्माएर सात महिनापछि पहिलोपटक कोर्टमा उत्रेकी अजारेन्काले पहिलो सेट ३४ मिनेटमै गुमाएकी थिइन्।

दुईपटकको ग्रान्डस्लाम विजेता अजारेन्काले दोस्रो सेट ६–१ मा जितेर खेल बराबरीमा पु¥याइन्।

निर्णायक सेट पनि जितेपछि उनले घरेलु खेलाडी वाटसनको यात्रा समाप्त पारिन्।

प्रतिक्रिया दिनुहोस्