ललितपुर कि ललितापुर ?



राष्ट्रिय मानवअधिकार आयोग भन्नासाथ जनताको मानवअधिकारको रक्षा गर्ने संस्था हो भन्ने धेरैलाई लागेको छ। यो संस्थाले तयार पार्ने रिपोर्टलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले पत्याउने गरेको पनि धरहराले देखेकै हो।

तर, आयोगले तयार पारेको रिपोर्टको बारेमा भने धरहरालाई शंका लाग्न थालेको छ। रिपोर्टमा संख्या र ठेगाना समेत शुुद्ध लेख्न नसक्ने आयोगले तयार पारेको रिपोर्ट कस्तो होला भनेर धरहरा चिन्तामग्न भएको छ।

‘ट्राफिकिङ इन परसन्स’ नामक रिपोर्ट सार्वजनिक गरेको आयोगले आफ्नो कभरमा ठेगानामा ‘ललितापुर हरिहर भवन’ भनेर उल्लेख गरेको देखेपछि आयोग पनि सरकार जस्तै उही ड्याङको मूला हो कि भन्ने भान धरहरालाई परेको छ।

होइन, यस्तो गम्भीर विषयमा रिपोर्ट निकाल्ने आयोगले संख्या कतै १७ हजार उल्लेख गर्ने कतै १ सय ३७ उल्लेख गर्ने कुनचाहिँ तथ्यांक सही हो कसरी पत्ता लगाउने हेर्दा हेर्दा धरहरा हैरान भो। सही चाहिँ के हो पाठक वृन्दले नै खुट्याउनु होला है।

 

 

प्रतिक्रिया दिनुहोस्