मोदी र सीबीचको भेटघाट अनिश्चित



Tashkent : Prime Minister Narendra Modi with Chinese President Xi Jinping during a meeting in Tashkent on Thursday on the sidelines of SCO Summit. PTI Photo (PTI6_23_2016_000094B)

ह्याम्बर्ग, (एजेन्सी)
भारतको विदेश मन्त्रालयले जर्मनीको ह्याम्वर्गमा आयोजित जी–२० सम्मेलनको दौरान हुने भनिएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको भेटवार्ता चीनले रद्द नगरेको शुक्रबार जनाएको छ।

मन्त्रालयका प्रवक्ता गोपाल वाग्लेले मोदीको यस भ्रमणको एजेन्डामा नै उक्त भेटघाट कार्यक्रम समावेश नभएको स्पष्ट पारेका छन्।

चीनको विदेश मन्त्रालयले भने भेटवार्ताका लागि सही वातावरण नै नबनेको जनाएको छ। हिमालय सीमा क्षेत्रमा अहिले भारतीय र चिनियाँ फौजबीच निकै तनाव बढिरहेको छ। भारतीय सञ्चार माध्यमले द्विपक्षीय भेटवार्ता योजनामा नपरेको जनाएको छ।

सी र मोदीबीचको सम्भावित भेटवार्ताबाट वर्तमान आपसी तनाव सुल्झिने अपेक्षा गरिएको थियो। भारतमा दोक्लाम र चीनमा दोन्गलांगको नामले चिनिने पठारमा सडक विस्तार गर्न अघि बढेका चिनियाँ इन्जिनियरहरूलाई हालै भारतीय फौजले रोकेको छ।

चीन र उत्तरपूर्वी भारतीय राज्य सिक्किम तथा भुटान जोड्ने उक्त पठारका कारण अहिले भुटान र चीनबीच पनि तनाव बढेको छ।

भुटानले उक्त पठारको स्वामित्वमा गरेको दाबीलाई भारतले समर्थन गरेको छ। सन् १९६२ मा चीन र भारतबीच युद्ध भएदेखि नै यो क्षेत्र विवादास्पद रहेको छ। यसैबीच चीनले भारतबाट सिक्किम छुट्याइदिने चेतावनी दिएको छ।

चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सले बुधबार प्रकासित सम्पदकीयमा साठी र सत्तरीको दशकबीच भारतले कसरी फौजी रणनीति अपनाएर सिक्किम कब्जा गरेको भन्ने जग जाहेर भएकाले चीनले सिक्किमको स्वाधीनता लागि पहल गर्न सक्ने जनाइएको छ।

उक्त सम्पादकीयमा भारतले चीन विरुद्ध प्रयोग गर्दै आएको तिब्बती निर्वासित धार्मिक नेता दलाइ लामाको कार्ड निकै पुरानो भइसकेको पनि जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्