७१ वर्ष पुगेका पूर्व राजाको चाहना— देश जोगियोस्



पूर्व राजा आज जन्मोत्सव मनाउँदै । तस्वीर ः ईश्वरराज ढकाल

काठमाडौं,(नेस)पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो ७१औं जन्मोत्सवका अवसरमा शुक्रबार एक वक्तव्य जारी गर्दै देश जोगियोस् भन्ने आफ्नो चाहना भएको बताउनुभएको छ ।
उहाँले शुक्रबार जारी गर्नु भएको वक्तव्यमा भनिएको छ—देश जोगियोस्,जोडियोस् र विग्रह तर्फ नलागी सुदृढ राष्ट्रिय एकता तर्फ अग्रसर रहोस् ।
उहाँले यस्तो भावना आम नेपालीमा र खासगरी राष्ट्रप्रति जिम्बेवार जनप्रतिनिधिहरुमा रहेस् यही मेरो आग्रह हो भन्नुभएको छ ।
हरेकपल्ट देश संकटमा पर्दा देशवासीले देखाउने गरेको अभूतपूर्व एकताको सह्राहना गर्दै पूर्व राजाले निराशा बोकेर विदेशिएका उर्जाशील युवाशक्तिलाई स्वदेशभित्रै गरीखाने बाटो बनाइदिन हामी सबै जाग्रीत हुनुपर्ने समेत बताउनुभएको छ ।
उहाँले वक्तव्यमा आफूले पतिष्ठा,पद र प्रशंसा भन्दा पनि आफूले राख्ने निरन्तरको चाहना भनेको देशभक्ति नै भएको समेत बताउनुभएको छ ।
आरोह अवरोहको जीवनक्रममा मैले सात दशक पार गरेको छु । यो असारको २३ औं दिनदेखि म ७१ वर्षको उमेरमा पुगेको छु, पूर्व राजाको वक्तव्यमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्