वल्र्डलिंक सेलिबे्रसन अफरका विजेता पुरस्कृत



 

काठमाडौं, (नेस)
वल्र्डलिङ्क कम्युनिकेशन्सले आफ्ना सक्रिय ग्राहक १ लाख जना पुगेको अवसरमा ल्याएको सेलिब्रेसन अफरका विजेतालाई पुरुकार वितरण गरेको छ। कम्पनीको अफरअन्तर्गत सामसुङ ग्यालेक्सी एस ८ मोबाइल जित्ने १० जना र ३ महिना निःशुल्क इन्टरनेट उपहार पाउने १ सय जना विजेतालाई सम्मान गरेको हो।

वल्र्डलिंकले २१ वर्षदेखि सर्वसाधारण ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा सेवा प्रदान गर्दै आएको छ। कम्पनीका यसै वर्ष देशभर १ लाखभन्दा बढी ग्राहक पुगेका हुन्।

वल्र्डलिंक नेपाली बजारमा एक स्थापित इन्टरनेट सर्भिस प्रदायक बनेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ। कम्पनीले असार १६ मा वजेता घोषणा गरेको थियो भने बिहिबार उपहार वितरण गरेको हो।

प्रतिक्रिया दिनुहोस्