पहिरो जाँदा यातायात अवरुद्ध



नेपाल समाचारपत्र
बाजुरा
साँफे–मार्तडी सडक खण्डअन्तर्गत बाजुराको बूढीगंगा नगरपालिकको अम्कोट र बडिमालिका नगरपालिकको हरडे क्षेत्रको चट्टानमा पहिरो जाँदा बुधबारदेखि यातायात अवरुद्ध भएको छ। मंगलबार रातिबाट खसेको पहिरो बिहीबारसम्म व्यवस्थापन नगर्दा सदरमुकाम मार्तडी आउने लामो तथा छोटो दूरीका यातायात बल्देमा थन्किएको यात्री दीपक साउदले बताएका छन्।

‘ठाउँठाउँमा हिँड्नुपर्छ, ठाउँठाउँमा गाडी चढ्नुपर्छ’, साउदले भने– ‘यातायात अवरुद्ध भएको छ, पहिरो माथिबाट निरन्तर खसिरहेको छ।’ यता यात्रु समस्यामा भएकाले तत्काल मेसिन प्रयोग गर्ने पहल भइरहेको बूढीगंगा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दीपकविक्रम शाहले बताउनुभएको छ। बार्जुगाड मार्तडी पक्की सडक निर्माण भइरहेको छ। यद्यपि खसेको पहिरो पन्छाउन सडक डिभिजन कार्यालय साँफेले भने सडक सुचारु गर्न के कस्तो पहल गरेको छ खुल्न आएको छैन।

प्रतिक्रिया दिनुहोस्