काँग्रेसका प्रत्यासीको अग्रता



 

धनगढी, २२ असार । धनगढी उपमहानगरपालिकाको निर्वाचनको पछिल्लो मतगणनाको परिणामानुसार प्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी नृप बडले आफ्नो अग्रता बढाउनुभएको छ ।

तीन दिनदेखि प्रमुखका प्रत्याशी बड र प्रमुखका अर्का स्वतन्त्र प्रत्याशी गोपाल हमालबीच थोरै मतान्तरले प्रतिस्पर्धा हुँदै आएकामा आज मतान्तर बढेको हो । अपराह्नसम्म बडले नौ हजार ८७६ मत पाउँदा हमालले नौ हजार चार मत पाउनुभएको छ । उपप्रमुखमा कांँग्रेसकै सुशीला मिश्रले सुरुदेखि नै आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै आउनुभएको छ । उहाँ साँझसम्म १२ हजार २२४ मतका साथ अग्रस्थानमा रहँदा नेकपा(एमाले)की रुक्मिणी देवकोटाले नौ हजार १९३ मत पाउनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्